डिपिएल नेपालमा सन्दीप

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७८
dpl

पोखरा । डायनामिक पब्लिक लाइब्रेरी (डिपिएल) नेपालको दोस्रो राष्ट्रिय अधिवेशन पोखरामा भएको छ । अधिवेशनबाट सन्दीप न्यौपानेलाई अध्यक्ष चयन गरेको छ । नयाँ समितिको उपाध्यक्ष प्रदीप शर्मा बराल, महिला उपाध्यक्ष लक्ष्मी न्यौपाने, महासचिव प्रवीन पाठक र कोषाध्यक्ष रुदिना भट्टराई चयन भए ।

सदस्यहरु शिव पराजुली, सरोज गुरागाईं, आशीष न्यौपाने चयन भए । समितिका अन्य सदस्यहरु पछि मनोनीत गरिने डिपिएलले जनाएको छ । अधिवेशनले कानुनी सल्लाहकार राजीब खनाल चयन गरेको छ ।

यसअघि भएकोे कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक अभियन्ता कर्ण शाक्य, महेश दाहाल, सुभाषचन्द्र भट्टराई, मानवअधिकारकर्मी मुस्कान खातुन, डिपिएलका संस्थापक अध्यक्ष भेषराज न्यौपानेलगायत उपस्थित थिए ।
डिपिएल २०२१ का अध्यक्ष विनोद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा डिपिएल युथ बोर्ड गण्डकीका अध्यक्ष वसन्त गिरीले स्वागत र सुशील नेपाली सञ्चालन गरेका थिए ।
डिपिएल नेपाल झापाको दमक नगरपालिकामा ९ वर्ष अघि स्थापना भएको संस्था हो । संस्थामा नेपालभर ७ हजार सदस्य रहेको बताइन्छ ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width