राष्ट्रिय उद्योग व्यवसाय महासंघ पोखरामा हरि भुजेल

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७८
hari bhujel~main news

पोखरा । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पोखरा महानगरपालिकाको प्रथम अधिवेशनले हरि भुजेलको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ ।
कमिटी उपाध्यक्षमा कल्पना भुवाजी क्षत्री र नरहरि अधिकारी, सचिव हेमराज भण्डारी, कोषाध्यक्ष सीमा कोइराला, उपसचिव तुलबहादुर थापा, रामजी तिवारी, टीकाराम सापकोटा र सहकोषाध्यक्षमा इन्द्रमान चौहान चयन भए । सदस्यमा राधा सापकोटा, भेषराज पोखरेल, संग्रिला मरासिनी, निपेश अधिकारी, विश्वराज पोखरेल, गोविन्द बराल, राजु पौडेल, सम्राट पौडेल, अशोक खड्का, रामचन्द्र लामिछाने, बालकृष्ण भण्डारी, टीकाराम अधिकारी, कल्पना आचार्य, श्रीराम बराल, रोशी गौतम, सागरमणि न्यौपाने, नीलकण्ठ पोखरेल, चन्दन पुरी, माधवप्रसाद तिवारी र सुस्मा अधिकारी छन् ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले आगामी दिनमा संगठनसँग पार्टीले अन्तक्र्रिया गर्दै अक्त बलियो शक्ति बनाउन सहयोग गर्ने बताए ।
एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज भीम कार्कीले व्यावसायिक क्षेत्रसँगको सल्लाहमा पार्टीले महानगरको विकासका योजना बनाउन सकिने उल्लेख गरे । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद कृष्ण थापा, राजीव पहारी, कास्की अध्यक्ष मनबहादुर गुरुङलगायत बोलेका थिए ।
नेपाल उद्योग वाणिज्य संघ प्रदेश कमिटी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले आगामी दिनमा महासंघमा छुटेका सबै भूगोलबाट प्रतिनिधित्व गराई संगठनलाई अझै बलियो बनाउन आग्रह गरे । उनले महासंघको उद्देश्य तथा व्यावसायिक कठिनाइ विषयमा कार्यक्रममा चर्चा गरेका थिए ।
प्रदेश सचिव मोतिप्रसाद पौडेल संयोजक रहेको निर्वाचनमण्डल सदस्यमा केन्द्रीय सदस्य हरि शर्मा गैरे र प्रदेश सहकोषाध्यक्ष सुशीला खनाल थिए । कार्यक्रममा महानगर कमिटी अध्यक्ष दीलिप न्यौपाने तथा जिल्ला पार्टी कमिटी सदस्य अर्जुन गिरी, दामु अधिकारी, यदु अधिकारी, प्रदेश कमिटी सदस्य सूर्यबहादुर भुजेल, हरि शर्मा गैह्रे तथा महासंघका प्रदेश सहइन्चार्ज प्रवेशचन्द्र उप्रेतीलगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width