पोखरा । गोरखाको धार्चे गाउँपालिकालाई कोभिड–१९ विरुद्धको पूर्णखोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । मंगलबार विशेष कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पूर्णखोपयुक्त पालिका घोषणा गरेका हुन् । १० हजार ५ सय ५७ जनाले दोस्रो डोज खोप लगाएका कारण पूर्णखोपयुक्त पालिका घोषणा गरिएको पालिका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए । ‘१२ वर्षमाथिका सबै नागरिकले खोप पाउनुभयो,’ उनले भने, ‘निकै कष्टपूर्ण रुपमा पूर्ण खोप युक्त पालिका बनायौं ।’
धार्चे गण्डकीमा दोस्रो र गोरखामा पहिलो पालिकाको रुपमा घोषित भएको हो । प्रमुख जिल्ला अधिकारी आचार्यले धार्चेले जिल्लालाई नै नेतृत्व गरेको बताए । ‘धार्चेले सबैलाई नेतृत्व गरेको छ । यो सुखद कुरा हो,’ उनले भने, ‘अब बिस्तारै अरु पालिकामा पनि कार्यक्रम हुन्छन् ।’
योसँगै पालिकाले २ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाएर छिट्टै नियमित पूर्ण खोप घोषणा गर्ने तयारी थालेको उपाध्यक्ष फूलमाया गुरुङले जानकारी दिइन् । ‘कोभिडको सुरुमा साह्रै सकस भयो । आइसोलेसन बनाउँदा गाउँलेले ढुंगामुढा गरे,’ उनले भनिन्, ‘तर हामी हाम्रो जिम्मेवारीबाट पन्छिएनौं । जुधेरै भए पनि कोभिड विरुद्धको काममा जुट्यौं ।’
सोही अवसरमा कोभिड नियन्त्रणमा सहयोग गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंसेविकालगायतलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१