पोखरा । पत्रकार केवी सम्राटले आफूले सञ्चार क्षेत्रबाट विश्वमै सबैभन्दा बढी रक्तदान गरेको दाबी गरेका छन् । लामो समयदेखि लगातार रक्तदान गर्दै आएका उनले बुधबार काठमाडौंमा ११० औं पटक रक्तदान गरे ।
पशुपति अन्नपूर्णा आश्रमका अध्यक्षसमेत रहेका स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष वरिष्ठ पत्रकार सम्राटले ११० औं पटक रक्तदान गरिसकेपछि रक्तदान कत्र्तव्यमात्र नभई धर्म पनि हो भने । आफ्नो अनुभव सुनाउँदै उनले नियमितरुपमा रक्तदान गर्न आहारमा ध्यान दिन आवश्यक रहेको बताए।
राजधानीको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेश्नल कलेजको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौं १० का वडाध्यक्ष रामकुमार केसीले रक्तदानको महत्वबारे प्रकाश पारे।
कलेजका प्राचार्य नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा १६९ औं पटक रक्तदान गर्ने नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य, पशुपति अन्नपूर्ण आश्रम सदस्य एवं धार्मिक समितिकि संरक्षक माता भद्रकाली, वडा सदस्य सतिस तन्डुकार, कलेजका कार्यकारी निर्देशक प्रतापराज जोशीलगायतको उपस्थिति थियो।
रक्तदान आफू गरौं र अरुलाई पनि रक्तदान गर्न प्रोत्साहित गराऔं नाराका साथ सम्पन्न भएको रक्तदानमा प्रमुख अतिथि केसीले रक्तदाता सम्राटलाई हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् । कार्यक्रममा २ सय १० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक अमर थापाले बताए।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
ओली चीन भ्रमण जाँदै
घार्मीमा बालाचतुर्दशी रौनक
भवन निर्माण आचारसंहिता प्रशिक्षण
hero news full width
मुख्य समाचार
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१