पोखरा, १६ चैत । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पोखरा महानगरपालिकाको प्रथम अधिवेशनले हरि भुजेलको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ ।
कमिटी उपाध्यक्षमा कल्पना भुवाजी क्षत्री र नरहरि अधिकारी, सचिव हेमराज भण्डारी, कोषाध्यक्ष सीमा कोइराला, उपसचिव तुलबहादुर थापा, रामजी तिवारी, टीकाराम सापकोटा र सहकोषाध्यक्षमा इन्द्रमान चौहान चयन भए । सदस्यमा राधा सापकोटा, भेषराज पोखरेल, संग्रिला मरासिनी, निपेश अधिकारी, विश्वराज पोखरेल, गोविन्द बराल, राजु पौडेल, सम्राट पौडेल, अशोक खड्का, रामचन्द्र लामिछाने, बालकृष्ण भण्डारी, टीकाराम अधिकारी, कल्पना आचार्य, श्रीराम बराल, रोशी गौतम, सागरमणि न्यौपाने, नीलकण्ठ पोखरेल, चन्दन पुरी, माधवप्रसाद तिवारी र सुस्मा अधिकारी छन् ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले आगामी दिनमा संगठनसँग पार्टीले अन्तक्र्रिया गर्दै अक्त बलियो शक्ति बनाउन सहयोग गर्ने बताए ।
एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज भीम कार्कीले व्यावसायिक क्षेत्रसँगको सल्लाहमा पार्टीले महानगरको विकासका योजना बनाउन सकिने उल्लेख गरे । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद कृष्ण थापा, राजीव पहारी, कास्की अध्यक्ष मनबहादुर गुरुङलगायत बोलेका थिए ।
नेपाल उद्योग वाणिज्य संघ प्रदेश कमिटी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले आगामी दिनमा महासंघमा छुटेका सबै भूगोलबाट प्रतिनिधित्व गराई संगठनलाई अझै बलियो बनाउन आग्रह गरे । उनले महासंघको उद्देश्य तथा व्यावसायिक कठिनाइ विषयमा कार्यक्रममा चर्चा गरेका थिए ।
प्रदेश सचिव मोतिप्रसाद पौडेल संयोजक रहेको निर्वाचनमण्डल सदस्यमा केन्द्रीय सदस्य हरि शर्मा गैरे र प्रदेश सहकोषाध्यक्ष सुशीला खनाल थिए । कार्यक्रममा महानगर कमिटी अध्यक्ष दीलिप न्यौपाने तथा जिल्ला पार्टी कमिटी सदस्य अर्जुन गिरी, दामु अधिकारी, यदु अधिकारी, प्रदेश कमिटी सदस्य सूर्यबहादुर भुजेल, हरि शर्मा गैह्रे तथा महासंघका प्रदेश सहइन्चार्ज प्रवेशचन्द्र उप्रेतीलगायतको उपस्थिति थियो।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१