पोखरा । नेकपा एमाले पोखरा ९ वडा कमिटीको आयोजनामा गणतान्त्रिक टोल कमिटी मंगलबार गठन गरिएको छ । नेकपा एमाले कास्की सदस्य एवं वडा इन्चार्ज गोपि तुलाचनले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्घाटन गरे । उनले नेकपा एमाले रचनात्मक सिर्जनात्मक कार्यले जनतामा स्थापित रहेको बताउँदै आउने स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी हुने बताए ।
कार्यक्रममा नेकपा एमाले पोखरा नगर कमिटी सचिवालय सदस्य कमल श्रेष्ठले टोल टोलमा घरघरमा नेकपा एमालेको जनमुखी कार्यक्रमबारे जानकारी गराउँदै नेकपा एमाले पोखरा ९ लाई स्थापित गर्न दरोसँग लाग्ने बताए । नेकपा एमाले पोखरा महानगर सदस्य तथा वडा इन्चार्ज प्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा मतदाताहरूले नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न आतुर रहेको बताउँदै एमालेले सुकुमबासीहरूको समस्या समाधान उल्लेख गरे ।
भेलाले कृष्ण परियारलाई अध्यक्ष चयन गरेको छ । उपाध्यक्ष सरस्वती नेपाली, सचिव अन्जु नेपाली, सहसचिव बुद्धिबहादुर श्रेष्ठ, सदस्यहरु संगीता दर्जी, प्रेमबहादुर पुन मगर, सञ्जय चौधरी, कमला परियार, मनबहादुर पुन, सन्तबहादुर सुनार, नारायण परियार र लक्ष्मी परियार चयन भए । वडा कमिटी अध्यक्ष प्रेम गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसचिव सरू श्रेष्ठ र कार्यक्रम सञ्चालन वडा कमिटिका सचिव जगदीश खनालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१