बुटवल । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामको अवरोध पु¥याइने गरिएको भन्दै टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारले लोकप्रिय कार्यमा अवरोध पु¥याएले जनताको नजरमा छारो हाल्ने प्रयास गरेको आरोप लगाए ।
तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको भ्यु टावर मंगलबार उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भूमिहीनलाई पूर्जा दिन एमाले नेतृत्वको सरकारले काम अघि बढाएको बेला वर्तमान सरकारले त्यसमाथि प्रहार गरेको बताए । उनले भने, ‘भूमिहीनलाई लालपुर्जाको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बेला गठबन्धन सरकारले आयोग नै खारेज गरेर तयारी अवस्थामा बनाएको काम रोके तर अहिले भन्दै छन् अघिल्लो सरकारले फाइल लुकायो भनेर’, ओलीले भने, ‘सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदैछन् भन्ने सूचना आएको छ, चुनावका बेला त्यस्ता झुट कुरा लिएर आउलान् चुनावमा ख्याल गर्नुस् ।’
काठमाडौंको धराहरपछि अग्लो दाबी गरिएको भ्यु टावरबाट भारतको गोरखपुरसम्म देख्न सकिने
ओलीले नगरपालिकाले नगरपालिकालाई नियमित आम्दानी दिने खालका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे । उपलब्ध स्रोतसाधन नयाँपन र राम्रो बनाए पर्यटन प्रवद्र्धन गर्न सकिने उनको भनाइ छ । आफ्नै जीवनकालमा आफैसँग भएका स्रोतसाधन प्रयोग गरे विकासको लहर बनाउनुपर्ने भन्दै ओलीले भने, ‘हिमाललाई हामीले फोहोर नगरेमात्र हुन्छ, अब हाम्रो भान्सामा विषादीयुक्त खाना नपुगोस् भन्ने अठोट गर्नुहोस् । अब यसमा ध्यान दिऔं, चिन्तनमै फरक ल्यायौं भने हामीले सुरु गरेका विकासका कामबाट केही समयमै देश कायापलट हुन्छ ।’ सोमबारदेखि नै रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा रहेका ओली २ दिनपछि काठमाडौं फर्किए ।
साढे ११ करोडको भ्यु टावर
तिलोत्तमा २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण भएको छ । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो । वनबाटिका लुम्बिनी प्रदेशको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँ वार्षिक साढे ३ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
टावरमा होटल, रेस्टुरेन्ट, कफीसप, डिपार्टमेन्टल स्टोर, लाइब्रेरी, अन्य विभिन्न सेवा केन्द्र तथा दूरदृश्यावलोकन सेवा समेत उपलब्ध हुनेछ । टावर सञ्चालनको लागि तिलोत्तमा नगरपालिकाले लिज करार प्रक्रिया अघि बढाएको छ । ११ तले टावर १ सय ३४ फिट उचाइको छ । टावरको २०७४ चैत १५ गते कांग्रेस लुम्बिनी प्रदेशका तत्कालीन संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले शिलान्यास गरेका थिए । काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न दाबी गरिको टावरको भुइँतला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा छ । टावर २५ हजार १ सय २२ वर्ग फिट क्षेत्रफलमा रहेको छ । नगरपालिका र वनबाटिकाको लागत साझेदारीमा निर्माण भएको टावरको लागत ११ करोड ४५ लाख रहेको छ ।
टावरसँगै आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचना समेत निर्माण हुनेछन् । लिफ्ट सुविधासहित बनेको टावरसँगै २ बिघामा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू निर्माणको काम धमाधम अघि बढेको छ । टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्डेसन निर्माण गरिंदै छ ।
त्यस्तै, त्यहाँ चाइल्ड पार्क र स्टेडियम निर्माण पनि सुरु भइसकेको नगरपालिकाका इ. प्रदीप वनले बताए । टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहर देख्न सकिने नगरपालिकाका मेयर वासुदेव घिमिरेले बताए । उनले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको गौरव र गहना हुने बताउँदै यो नगरपालिकाको आम्दानीको एउटा महत्वपूर्ण स्रोत पनि हुने बताए । सो अवसरमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराई, पूर्व मन्त्री एवं प्रदेश सांसद लीला गिरीलगायत प्रदेश सांसद, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१