पोखरा, १५ चैत । अभिनेता पल शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् । जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आफूलाई साधारण तारेखमा राखी पाउँ भनी उनले मंगलबार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दिएका हुन् ।
अदालतका सूचना अधिकारी विष्णु प्रसाद आचार्यले प्रतिवादी पल शाह भनिने पूर्णविक्रम शाहका तर्पmबाट कानुन व्यवसायीहरुले निवेदन लिएर आएको र अदालतमा दर्ता भएको पुष्टि गरे । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा थुनछेक बसहपछि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम तत्काल पुर्पक्षका लाथि थुनामा पठाउने ओदश गरेका थिए । सो आदेश बेरितपूर्ण भएको जिकिर गर्दै प्रतिवादीले आफ्नो क्षेत्राधिकार रहेको उच्च अदालत पोखरामा पुनरावेदन गरेको हो । निवेदन बुधबार एकल इजलासमा पेस हुने र पक्ष–विपक्षी दुवैतर्पmको बहसपछि अदालतले आदेश गर्ने व्यवस्था रहेको सूचना अधिकारी आचार्यले बताए ।
थुनामा राख्न गरिएको सुरु जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको र पललाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने प्रतिवादीको जिकिर छ ।
सुटिङक्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झुठो बहानामा आफूलाई पटकपटक करणी गरेको पीडित पक्षको आरोप छ । ती गायिकाले गत फागुन ११ मा तनहुँमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता पल शाहले फागुन १५ मा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१