लाङ्दी भूमि मन्दिरमा सत्तल निर्माण

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७८
Lagdi

पोखरा । लाङ्दी भूमि पूजाको अवसरमा पर्वतको मोदी गाउँपालिका वडा ३, देउरालीस्थित लाङ्दी भूमि मन्दिर परिसरमा सत्तल (ट्रस्ट) तथा शौचालय निर्माण गरिएको छ ।
कुल ११ लाख ४७ हजार रुपैयाँमा निर्मित सो सत्तलका लागि गण्डकी प्रदेश सांसद विकास कोषबाट ९ लाख २३ हजार र नपुग लाङ्दी भूमि मन्दिर कोषबाट २ लाख २४ हजार खर्च गरिएको थियो ।
सत्तलको प्रदेश सभा सदस्य ललितकला गुरुङले उद्घाटन गर्दै भूमि मन्दिरप्रति व्यवस्थापन, खानेपानी, वृक्षरोपन गरी हरियाली बनाएर मन्दिर नै रौनक आउने बनाएकोमा व्यवस्थापनप्रति धन्यवाद दिइन् । उनले धार्मिक संस्थाको संरक्षण, सम्बद्र्धन, भेदभाव अक्षुण्ण राखी सद्भावका साथ संस्कार संस्कृतिलाई निरन्तरता दिंदै विकासको क्रममा अगाडि बढ्नुपर्ने बताइन् । सत्तल ट्रस्ट शौचालयबाट लाङ्दीवासी लाभान्वित हुने उनको भनाइ थियो ।
कार्यक्रममा मोदी गाउँपालिका ३ का वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्री, वडा १ अध्यक्ष गौप्रसाद गुरुङ, नेकपा एमाले जिल्ला कमिटी सदस्य नन्दमाया पुन, कांग्रेस वडा सभापति कृष्णबहादुर, माओवादी केन्द्रका वडा इकाइ अध्यक्ष टीकाबहादुर पुन, पूर्व अध्यक्ष तथा लाङ्दी समाजका सल्लाहकार क्या. चक्रबहादुर गुरुङ, भूमि मन्दिर व्यवस्थापन समिति सल्लाहकार सु.धनबहादुर गुरुङ, भूमि मन्दिर व्यवस्थापन सचिव कोषाध्यक्ष चन्द्रप्रसाद गुरुङ र कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ, लाङ्दी तमु समाज पोखराका उपाध्यक्ष बालकृष्ण गुरुङ लगायतले मन्दिर व्यवस्थापनको विकास तथा भावी रणनीतिबारे बोलेका थिए ।
भूमि मन्दिर व्यवस्थापन समिति अध्यक्ष मोहनप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लाङ्दी तमु समाजका उपाध्यक्ष सु.मे.शेरबहादुर गुरुङ र कार्यक्रम संचालन लाङ्दी तमु समाज पोखराका सचिव चिजकाजी गुरुङले गरेको समिति सचिव चन्द्रप्रसाद गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग