पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पब्लिक कर्मचारी संघ इकाइको दशौंं साधारण सभा तथा अधिवेशनबाट देवी पनेरुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमिति उपाध्यक्ष युवराज गुरुङ, सचिव लक्ष्मी कमर, सहसचिव गंगा देवकाटा, कोषाध्यक्ष विमला पौडेल चयन भए ।
सदस्यमा सेवादेवी वाग्ले, कल्पना गुरुङ, राजेन्द्रकुमार श्रेष्ठ, हरिबहादुर विक, महेन्द्र बस्नेत, तिलबहादुर आचार्य चयन भएको निर्वाचन समिति संयोजक क्याम्पसका उपप्राध्यापक कृष्णप्रसाद त्रिपाठीले जनाए ।
यसअघि साधारणसभा उद्घाटन गर्दै क्याम्पस संचालक समिति अध्यक्ष तारा गिरीले संस्थालाई केन्द्रविन्दुमा राखी कार्य गर्ने तथा कर्मचारीका जायज माग पूरा गर्न सञ्चालक समिति सदैव तत्पर रहेको बताए ।
कर्मचारी संघ अध्यक्ष देवी पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका निमित्त क्याम्पस प्रमुख कृष्णबाबु बरालले निवर्तमान क्याम्पस प्रमुख बिरन्जी गौतमले संस्था विकासको लागि गरेको योगदानको स्मरण गर्दै क्याम्पसको विकासमा कर्मचारीको महत्वपूर्ण भूमिका हुने बताए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पूर्व कोषाध्यक्ष एवं वर्तमान सदस्य सोमनाथ बराल लगायतले बोलेका थिए ।
समुदायबाट स्थापित क्याम्पसले २ पटक क्युएए प्रमाणपत्र प्राप्त गर्न र नेपालभर सामुदायिक क्याम्पसमा २ पटक सर्वोत्कृष्ट क्याम्पसमा छनौट हुनुमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा सल्लाहकार निमराज पौडेल, एकनारायण अर्याल र सूर्यबहादुर क्षत्रीले साधारण सभा तथा अधिवेशन सफलताको कामना गरे । संघका उपाध्यक्ष युवराज गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी कमरले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१