एलवाइसी भाचोक ‘ए’ लाई सिद्धबाबा कप 

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७८
deepjyoti
पोखरा । कास्कीको मादी ८, पोसीस्थित दीपज्योति क्लबले आयोजना गरेको प्रथम सिद्धबाबा कप उपाधि एलवाइसी भाचोक ‘ए’ क्लबले हात पारेको छ ।
दीपज्योति क्लबको खेल मैदानमा भएको सेभेन ए साइड प्रतियोगिताको फाइनलमा एलवाइसी भाचोक ‘बि’ लाई ३–२ ले पराजित गरेको हो । विजयीले ४० हजार र उपविजेताले २५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर भाचोक ‘ए’ का जीवन गुरुङ, उत्कृष्ट गोल किपर भाचोक ‘ए’ का विजय गुरुङ, उत्कृष्ट डिफेन्स भाचोक ‘बि’ का विवेक गुरुङ र उत्कृष्ट गोलकर्ता डेड्ली एफसी सिङ्दीका उपेन गुरुङ घोषित भए । विविध विधाका उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । डेड्ली एफसी अनुशासित टिम घोषित हुँदै ३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लब अध्यक्ष चुनबहादुर गुरुङले जानकारी दिए ।
कास्कीको मादी र लमजुङका क्होंलासोथर गाउँपालिका तथा पोखरा ३१ बाट गरी २२ टिम सहभागी थिए । चैत ११ देखि १४ सम्म सो प्रतियोगिता चलेको थियो ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width