‘जिन्दगीको दोसाँधमा…’

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७८
13 newss

हेमजा । नारी प्रतिभा वाङ्मय प्रतिष्ठानले ‘जिन्दगीको दोसाँध’ मुक्तकमाथि परिचर्चा गरेको छ । गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो कार्यकालमा साहित्यलाई माया गरेर गण्डकी प्रज्ञा प्रतिष्ठान गठन गरेको स्मरण गर्दै गण्डकी प्रदेशलाई सफा, शान्त, सभ्य र सुसंस्कृत प्रदेश बनाउने सोचअनुसार काम गरेको दाबी गरे । पूर्व युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साहित्य जीवन र जगतलाई बुझ्ने उत्कृष्ट माध्यम भएको औल्याए ।
कृतिका स्रष्टा प्रदेश सांसद डा.पुष्पा केसी भण्डारीले समाजका विविध पक्षबारे आफ्नो मनमा चलेका भावनाहरुलाई मुक्तकमार्फत प्रस्तुत गरेको बताउँदै उक्त रचनालाई बजारसम्म ल्याई पुर्‍याउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिन् ।
कृतिकारको परिचयात्मक विवरण राख्दै हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष छन्दमणिले डा. पुष्पा सामाजिक ,राजनीतिक, शैक्षिक, साहित्यिक क्षेत्रमा सफल व्यक्तित्वको समिश्रित भएकोले उनी बहुआयामिक व्यक्ति भएको बताए ।
कृति समीक्षक रतिा अधिकारीले कृतिका सिर्जना सरल, सहज र सुबोध्य रहेको बताउँदै निरन्तरको साधनाले परिमार्जन आउने विश्वास लिइन् ।
त्यस अवसरमा प्राज्ञ सरस्वती श्रेष्ठ सरु, रमा खतिवडा, चन्द्रावती वाग्ले लगायतले कृतिभित्रका मुक्तकवाचन गरे । त्यस्तै स्रष्टा डा. केसी भण्डारीले आफ्नी सासूको नाममा कौशिलादेवी भण्डारी बालसाहित्य पुरस्कारको लागि १ लाख १ सय ११को अक्षयकोष स्थापना पनि गरेकी छन् ।
प्रतिष्ठानकी अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा भएको उक्त समारोहमा उपाध्यक्ष अम्बिका भण्डारीले स्वागत तथा सचिव लक्ष्मी थापाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width