घोषणापत्रमा सुझाव दिन एमालेको आग्रह

रासस
चैत्र १३, २०७८
UML

काठमाडौं । नेकपा (एमाले) आजको स्थायी कमिटीको बैठकले आशन्न स्थानीय तहको निर्वाचन केन्द्रित प्रतिबद्धतापत्रमा सुझाव दिन सार्वजनिक आह्वान गरेको छ । बैठकले केन्द्रस्तरबाट जारी हुने पार्टीको घोषणापत्रको मस्यौदालाई अन्तिमरूप पनि दिएको छ । केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यले यही २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नेछन् ।

एमालेले स्थानीय तहमा चुनावी प्रतिबद्धतापत्र घोषणा गर्नेछ भने कार्यान्वयनका लागि यही १६ चैतमा भर्चुअल बैठक बस्ने निर्णय पनि गरेको छ । उक्त बैठकमा केन्द्रस्तरका नेता भौतिकरूपमा तथा प्रदेश, जिल्ला र पालिकास्तरमा भने भर्चुअलरूपमा सहभागी हुनेछन् ।

प्रदेश तथा जिल्ला कमिटीले तोकेका सबै पालिकाका इञ्चार्ज र अध्यक्ष, पार्टीका तर्फबाट पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, मस्यौदा तयारीमा संलग्न हुने जिल्ला, पालिका तथा प्रदेशकोतर्फबाट तोकिएका विज्ञ र स्थायी कमिटीका सदस्य भर्चुअलरूपमा बैठकमा सहभागी हुनेछन् ।

यस्तै सो बैठकमा सचिवालयका सदस्य, मस्यौदा कमिटीका सदस्य, अर्थ तथा योजना विभागका प्रमुख, परराष्ट्र मामलाका प्रमुख र कानुन विभागका प्रमुख उपस्थित हुनेछन् । बैठकले चुनाव चिह्नको रङ हरियो बनाइएको र मनोनयनका लागि दुई दिन समय दिने निर्वाचन आयोगको निर्णय परिवर्तन गर्न पनि माग गरेको एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…
  • खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण…
  • नेपाललाई चीनको ९ अर्ब अनुदान

    रासस मंसिर १८, २०८१
    बेइजिङ । चीन सरकारले नेपाललाई ५ सय मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।…
  • कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको सोमबार राति सम्पन्न मतगणनामा…

hero news full width