महिला क्रिकेट टोलीलाई गण्डकीको सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७८
gandaki ministry

पोखरा, १३ चैत । धनगढीमा भएको मुख्यमन्त्री कप यु १९ महिला क्रिकेट प्रतियोगितामा उपाधि विजेता गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयले सम्मान गर्ने भएको छ।

मन्त्रालयमा आइतबार एक समारोह आयोजना गरी उनीहरुलाई सम्मान गरिन लागिएको अर्थमन्त्रीका प्रेस सहयोगी दीननाथ बरालले जानकारी दिए।

सम्मानित हुनेमा सीमाना केसी, प्रीति पराजुली, कुसुम गोदार, अञ्जली बिक, जेनिशा खत्री, आकृति तिवारी, निरु जिटी, सेरिना थापामगर, अरिनिना अधिकारी, सिर्जना पौडेल, ज्योस्निका मरासिनी, सोनिया थापा, मनीषाकुमारी उपाध्याय, आङ पेमलमु शेर्पा, एलिसा लामिछाने (म्यानेजर), रिजन प्रजु (प्रशिक्षक) र गोविन्द प्रधान (प्रशिक्षक) छन्।

Related News

सम्बन्धित समाचार

hero news full width