पोखरा, १३ चैत । नेपाल निर्माण व्यवसायी संघ कास्कीको २८ औं साधारणसभा तथा १५ औं अधिवेशनबाट अध्यक्षमा लीलकाजी गुरुङ निर्वाचित भएका छन् । गएराति सम्पन्न अन्तिम मतपरिणाममा उनले अध्यक्षका प्रत्यासी रामराज अधिकारीलाई पराजित गरेका हुन् । निर्वाचित गुरुङले १ सय ९२ र अधिकारीले १ सय ६६ मत प्राप्त गरे।
वरिष्ठ उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, उपाध्यक्षमा कृष्णचन्द्र बराल, सचिवमा इन्जिनियर शिरषकुमार बास्तोला, सहचिवमा कृष्ण ढकाल (केडी) र कोषाध्यक्षमा उत्तम सिग्देल निर्वाचित भए ।
सहकोषाध्यक्षमा धुवबाबु भट्टराई तथा सदस्यमा डम्बरराज ढकाल, हुमनाथ ढकाल, इ.दीपक सुवेदी, सुमन श्रेष्ठ, कृष्णहरि तिमिल्सिना र प्रकाश बराल निर्वाचित भएको निर्वाचन समिति संयोजक अधिवक्ता हरि सुवेदीले जनाए । सदस्यमा डम्बरराज ढकालले सर्वाधिक मत ल्याए । चुनावमा कांग्रेस निकटका व्यवसायी एक्लै होमिएकोमा एमाले निकटकालाई माओवादी केन्द्र र समाजवादीको साथ थियो।
४ सय ४० मतदाता रहेकोमा शनिबार मतदान प्रक्रियामा ३ सय ७७ जनाले मतदान गरेका थिए । २ वर्षे कार्यकाल रहेको समिति १३ सदस्यीय छ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१