मधुमेहविरुद्ध सचेतना

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७८
Madhumeha Photo

पोखरा । नेपाल विकास समाजले पोखराका पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । पछिल्लो समय मधुमेहका बिरामी बढ्दै गएको भन्दै समाजले शनिबार मधुमेह रोकथाम तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरेको हो ।
संस्थाले साविक लेखनाथ नगरपालिका (हाल पोखरा वडा २६ देखि ३३) मा मधुमेह रोगबारे सचेतना कार्यक्रम गर्दै आएको जनाएको छ ।
शनिबारको कार्यक्रममा संस्थाले मधुमेह के हो र यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे स्थानीयको घरगाउँमै पुगेर सचेतना जगाउने गरेको कार्यक्रम संयोजक पवित्रमणि सोतीले जानकारी दिए । उनका अनुसार मधुमेह ३ फरक उमेर समूहलाई हुने गर्छ । वंशाणुगत मधुमेह ८ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई हुने गर्छ । त्यस्तै उमेर बढ्दै गएपछि हुने मधुमेह प्रायः ४० वर्षपछि र गर्भवती महिलालाई पहिलो ३ देखि ६ महिनाको बीचमा हुन्छ ।
संस्थाले लेखनाथ क्षेत्रलाई आधार बनाएर मधुमेहलगायत नसर्ने रोगबाट बच्न पूर्व प्राथमिक सावधानीअन्तर्गत विद्यार्थी जीवनकालमै शिक्षा दिने काम गरिरहेको छ । प्राथमिक सावधानीअन्तर्गत सम्भावित जोखिमबारे स्वास्थ्य प्रवद्र्धन गर्ने, तेस्रो चरणमा सम्भावित जोखिमयुक्त वर्गलाई स्वास्थ्य जाँच गराउनेदेखि शारीरिक अभ्यास लगायतका क्रियाकलापमा सहभागी गराउने गरिएको सोतीको भनाइ थियो ।
विश्वमा मधुमेहबाट ५३ करोड ७० लाख मानिस प्रभावित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उसले सन् २०३० सम्ममा यो संख्या बढेर ६४ करोड ३० लाख पुग्ने प्रक्षेपण गरेको सोतीले जानकारी दिए । नेपालमा ९ लाख बढी मधुमेहका रोगी रहेको अनुमान गरिएको उनको भनाइ छ । समाजले गरेको सर्वेक्षणमा लेखनाथमा २५ देखि ६४ वर्षको उमेर समूहमा १ सय १७ प्रतिशतमा मधुमेहको समस्या पाइएको सोतीले बताए ।
सोतीका अनुसार मधुमेह व्यक्तिको आनीबानी र व्यवहारका कारण हुने गर्छ । मधुमेह बुढ्यौलीपन, खानपीनमा लापरबाही, विलासी जीवनशैली, मानसिक तनाव लगायतका कारण हुने गर्छ । गुलियो, नुनिलो खानेकुरा खानु, चिल्लो, बोसोयुक्त खानपिन र अत्यधिक कार्बोहाइड्रेडयुक्त खानेकुरा खाँदा मोटोपन हुने र सोही कारण मधुमेहका रोगी बढिरहेको उनले बताए । मधुमेह लागेका व्यक्तिलाई बारम्बार पिसाब लाग्ने, मुख सुख्खा हुने, बढी तिर्खा लाग्ने, थकान बढी लाग्नु, शरीर कमजोर हुने, जति खाए पनि शरीर दुब्लाउँदै जानु, भोक लागिरहनु, बारम्बार घाउखटिरा आउनु र समयमा निको नहुनु, गुप्तांग चिलाउनु, दृष्टि धमिलो हुनु, हातगोडा झमझमाउनुलगायत लक्षण देखिने सोतीले बताए ।

Related News

सम्बन्धित समाचार

  • आँगन सहकारीको पाँचौं साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरा १३, गौडामुखस्थित आँगन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । पर्यटकीयस्थल कार्की डाँडामा…
  • निःशुल्क स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी…
  • सयपत्रीमा झण्डै ६ हजार शेयर सदस्य

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्था लि., पोखराको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । सभाको उद्घाटन…
  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • पूर्व कर्मचारी सहकारीको साधारण सभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पूर्व कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखरा–७, रत्नचोकको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।…

hero news full width