कास्की कांग्रेस जुट्यो चुनावमा

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७८
congress kaski

पोखरा । नेपाली कांग्रेस कास्की–१ चुनाव लक्षित छलफलमा जुटेको छ । शनिबार पोखरा २८ डाँडागाउँमा नागरिकसँग कांग्रेस संवाद कार्यक्रम सम्पन्न गरेको हो ।
कांग्रेसका नेता यज्ञबहादुर थापाले जनताका सारा समस्या नजिकबाट बुझेको बताए । कांग्रेसले आफूले पूरा गर्न सक्ने बाँचा मात्र गर्ने उनको भनाइ थियो । डाँडागाउँको विकासका लागि कांग्रेसले धेरै विकास निर्माणका कामको सुरुआत गरे पनि जस भने एमालेले लिएकोमा उनले दुख प्रकट गरे । जनताको समस्या सुन्न र सम्बन्धित निकायसामु पुर्‍याउन आफूहरु घरदैलोमा आइ पुगेको उनले सुनाए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा फरक दल र विचार भएकै कारण मतभेद हुन नहुने उनको भनाइ थियो ।
गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले कांग्रेसले मात्रै सबै जाति, वर्गलाई समेट्ने बताए । कांगे्रस नागरिकसँग हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने उनले सुनाए । ‘यो कुरा बोलीमा मात्रै होइन । कसैले बोलीमा मात्र बोल्छ,’ उनले अघि सुनाए, ‘नेपाली कांग्रेसले जे बोल्छ । त्यो पूरा गरेर पनि छाड्छ ।’
डाँडागाउँवासीसँग छलफलमा जुट्नुको ध्येय जनताको समस्या कांग्रेसको पनि समस्या भएकाले त्यसलाई सम्बोधन गर्न आफूहरु जुटेको उनले बताए ।
कांग्रेस कास्की १ का अध्यक्ष राजेन्द्रमणि लामिछानले ठूलाबडाका हातबाट जग्गा खोसेर कांग्रेसले जनतालाई दिएको बताए । उनले पछाडि परेका समुदायलाई माथि ल्याउन विपीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा विकास गुरुङ, सुरजजंग राणन सरु नेपाली, प्रतापराज भण्डारी, श्रीकृष्ण लामिछाने, डाल्डादेवी भुजेल, विश्वरमण अधिकारी, कृतिराज त्रिपाठीलगायतले बोलेका थिए । आफ्ना समस्या सुनाएका आएका डाँडागाउँवासीले खानेपानीको चर्को समस्या रहेको बताए । जनताका सारा समस्या सुनिरहेका नेताले समस्या सम्बन्धित निकायसमक्ष पु¥याउने वाचा गरेका थिए ।
कार्यक्रम संयोजन गमबहादुर बिकले गरेका थिए । ज्येष्ठ नागरिक गंगाराम सुनार र टीकाराम विकलाई बुद्धबहादुर दमै साइलाले नौमती बाजा दिने समेत घोषणा गरेका थिए । कार्यक्रमको अध्यक्षता कास्की–१ कांग्रेस सभापति राजेन्द्रमणि लामिछानले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…
  • खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण…
  • नेपाललाई चीनको ९ अर्ब अनुदान

    रासस मंसिर १८, २०८१
    बेइजिङ । चीन सरकारले नेपाललाई ५ सय मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।…
  • कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको सोमबार राति सम्पन्न मतगणनामा…

hero news full width