पोखरा । बुद्धटोल युवा क्लबले आयोजनामा १५ औं बिटी कप पाँचौं वीरेन स्मृति सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ । खुला नकआउट अन्तरक्लब फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको क्लबले शनिबार पत्रकार सम्मेलनमा जनाइएको हो ।
पोखरा १, पुरानो टुँडिखेल मैदानमा चैत १८ देखि २४ सम्म सञ्चालन हुने प्रचारप्रसार संयोजक अमृत गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले सिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले सिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ पाउँनेछ । सर्वाेत्कृष्टलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिने उनले जानकारी दिए । संयोजक गुरुङका अनुसार उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५/५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने छ ।
क्लब अध्यक्ष विजया गुरुङले खेलकुदसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको बताइन् । उनले कोरोना भाइरस महामारीको समयमा विभिन्न स्थानमा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्दै सामाजिक उत्तरदायित्व वहन गरेको बताएकी थिइन् । सो प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने र प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
एन–प्याब्सन खेलकुद महोत्सव जारी
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
प्याब्सन स्पोर्टस् मिटको आज समापन
एनप्याब्सन खेलकुद महोत्सव जारी
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१