पोखरा । चीन सरकारले पोखरा विमानस्थलको चाबी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । निर्माणको काम सकिन अझै ७ प्रतिशत बाँकी छ । ९३ प्रतिशत काममात्रै सकिएको विमानस्थलको सुनको चाबी शनिबार चिनियाँ विदेशमन्त्री याङ यीले नेपालका परराष्ट्र मन्त्री नारायण खड्कालाई हस्तान्तरण गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा उनले चाबी दिएका हुन् । नेपालको निम्तो मान्न आएका विदेशमन्त्री यीले सकिंदै नसकिएको विमानस्थल सरकारलाई बुझाए । नेपाल सरकारले पनि निर्माण कम्पनीलाई राम्रो काम गरेकोमा कदरपत्र हस्तान्तरण गरेको छ । बालुवाटारमा सुनको चाबी बुझेपछि पोखराको निर्माणाधीन विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले निर्माण कम्पनी सिएएमसिई अध्यक्ष ली आइसिनलाई कदरपत्र दिएर राम्रो काम गरेकोमा बधाई समेत ज्ञापन गरे ।
‘समयमा काम सम्पन्न गर्नुभएको छ । क्वालिटीको काम भएको छ,’ उनले भने, ‘अलिअलि कमजोरी भएको छ । सच्याउनुहोला । यसले के सन्देश दिन्छ भने, अब पोखराको एयरपोर्ट कम्प्लिट भैसक्यो ।’ उनले अब पोखराको विकास तीव्ररुपमा हुने तर्क गरे । ‘पर्यटन व्यवसायीहरु अब होटल थप्नुस् । विदेशबाट पर्यटक आउँदा होटल भएन भने बेइज्जत हुन्छ,’ उनले भने, ‘विमानस्थलको काम अहिले नै सकियो । अब तपाईंहरु अघि बढ्नुस् । चाहे प्याराग्लाइडिङ होस्, चाहे गल्फ होस् । चाहे अन्य मनोरञ्जनको कुरा होस्, पूर्वाधार कम्प्लिट गर्नुस् ।’ विमानस्थलको ७ प्रतिशत निर्माणको काम बाँकी छ ।
चिनियाँ ठेकेदार भन्छन्ः ‘पोखरा विमानस्थल विआरआईको प्रमुख आयोजना’
विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मी भने मुख्य काम सकिएको र सामान्य काम मात्रै बाँकी रहेको बताउँछन् । ‘मेजर काम पूरा भयो । तर सबै काम सकिएको होइन,’ आयोजना प्रमुख विनेश मुनन्कर्मीले भने, ‘सांकेतिकरुपमा चाबी हस्तान्तरण गरिएको हो । पूरै प्रोजेक्ट सकिएको होइन ।’ उनले चाबी हस्तान्तरणपछि पनि निरन्तर काम भैरहने बताए । खासगरी डेकोरेसन, फिनिसिङ लगायत काम बाँकी छ । चिनियाँ निर्माण कम्पनी सिएएमसिईकअध्यक्ष ली आइसिनले यो एयरपोर्ट दक्षिण एसियाली मुलुककै लागि यातायातको हव बन्ने बताए । ‘विगत केही वर्षको मिहिनतपछि पोखरेली जनताले दशकौंदेखि प्रतीक्षा गरिरहेको एयरपोर्ट अन्ततः पूरा भएको छ र चाँडै सञ्चालनमा ल्याइने छ,’ उनले भने, ‘विमानस्थल चलेपछि पर्यटन र आर्थिक विकासलाई टेवा पुग्ने छ ।’
उनले यसलाई बिआरआईको परियोजनको रुपमा ब्याख्या गरेका छन् । ‘चीन र नेपाल छिमेकी मित्रराष्ट्र हुन् । सुन्दर हिमश्रृंखलाले हामीलाई एकसाथ जोडेको छ,’ उनले अघि भने, ‘पोखरा विमानस्थल आयोजना नेपाल सरकारको राष्ट्रिय गौरवको परियोजना र चीन नेपाल सरकारबीचको वान बेल्ट एण्ड रोड सहकार्यको प्रमुख परियोजना हो ।’ २२ मे २०१४ मा सिएएमसिईले नेपाल नागरिक उड्ययन प्राधिकरणसँग परियोजना निर्माण सम्झौतामा हस्ताक्षर गरेको थियो । सन् २०१६ अप्रिलमा शिलान्यास भएकोमा लोन प्रक्रियाका कारण निर्माणको चरणमा जान १ वर्ष लाग्यो । २०२० को कोभिड भाइरसका कारण निर्माणमा असर पुग्यो । ५ वर्षपछि निर्माण सकेर सन्चालनमा ल्याउन लागिएको छ ।
विमानस्थलमा २५ सय मिटर लामो धावनमार्ग छ । विभिन्न १४ वटा भवन निर्माण भएका छन् । करिब २२ अर्ब लागतमा निर्माण हुन लागेको विमानस्थलको खर्च चीनकै एक्जिम बैंकले सहुलियतपूर्ण ऋण सहयोग गरेको हो । तर ३ हजार मिटरको धावनमार्गको भैरहवा विमानस्थलको लागत ७ अर्बमात्रै लागेकोले पोखराको एयरपोर्ट महँगो भएकोमा धेरैको चिन्ता र चासो देखिन्छ ।
आउँदो जुलाई १० तारिखमा विमानस्थलको सबै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना छ । यसअघि गएको जुलाई १० मै हस्तान्तरण गर्ने तयारी गरिएकोमा कोरोना संक्रमणका कारण १ वर्ष ढिलो भएको हो । विमानस्थलबाट आगामी बैशाखमा परीक्षण उडान गर्ने तयारी छ । तर त्यसका लागि आवश्यक काम भने पूरा भएका छैनन् । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरेलीको आधा शतक पुरानो सपना पूरा भएको बताए ।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१