प्रगतिशील शैक्षिक परामर्श संघ गण्डकीमा क्षेत्री

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७८
Bhuwan chhetry

भुवन क्षेत्री

पोखरा । नेकपा एमाले निकट शैक्षिक परामर्श व्यवसायीहरुको संगठन प्रगतिशील शैक्षिक परामर्श संघ (पिक्यान) गण्डकी प्रदेशको प्रथम सम्मेलन तथा अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले प्रगतिशील शैक्षिक परामर्श संघका संस्थापक सदस्य भुवन क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्बसम्मत चयन गरेको छ।

कमिटिको उपाध्यक्षमा देबराज शर्मा, सचिवमा विकास गौतम, उपसचिवमा सुनिल पराजुली र ओम प्रकाश गैह्रे, कोषाध्यक्ष गणेश कोइराला चयन भएका छन् । सदस्यमा राजु गोर्खाली, विश्वकल्याण अधिकारी, अनिल गौतम, लक्ष्मी अधिकारी, पवित्रा थापा मगर, सुरेन्द्र बराल र प्रकाश अधिकारीलाई चयन भए।

अधिवेशनले प्रदेश कमिटीमा पदेन सदस्य रहने गरि जिल्ला संयोजकहरुको पनि टुङ्गो लगाएको छ । जस अनुसार तिलक लामिछाने कास्की संयोजक, नन्दु पाइजा पुन म्याग्दी संयोजक, बिश्व प्रकाश भुषाल तनहु संयोजक, मीलन पौडेल पर्बत संयोजक र नेत्र बिष्ट बागलुङ संयोजक चयन भए । गण्डकी प्रदेशबाट यस अगाडि नै केन्द्रीय सदस्यमामा सन्दिप अर्याल र युबराज पौडेलसंगै गण्डकी संयोजकमा भुवन क्षेत्री र सहसंयोजकमा अधिबक्ता देबराज शर्मा काठमाडौंमा सम्पन्न केन्द्रीय भेलाबाट चयन भएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग