दर्श समाज
लेखनाथ । सिभिल बैंकले ग्लोबल मनि वीकको अवसरमा पोखरा–२९ पट्नेरीमा बिहीबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयका आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बचत कसरी गर्ने, किन गर्ने, आधुनिक प्रविधि, बैंक भनेको के हो, बैंकमा जान किन जरुरी छ लगायत समग्र बैंकिङ क्षेत्रबारेमा प्रकाश पारेका थिए ।
नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा.रामशरण खेरलले बचत र यसका फाइदाबारे बताए । सिभिल बैंक गण्डकी प्रदेशका प्रमुख समीर केसीले डिजिटल बैंकिङ प्रणालीको आवश्यकता र यसको प्रयोगबाट हुने फाइदाबारे जानकारी दिए ।
सिभिल बैंक लेखनाथ शाखाका प्रबन्धक नवराज दाहालले विद्युतीय कारोबारका ७ प्रमुख विद्युतीय माध्यम मोबाइल एप, क्युआर कोड, एटिएम, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, पिओएस र डिजिटल वालेटबारे जानकारी दिए ।
बैंकका प्रदेश प्रमुख समीर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लेखनाथ शाखाका प्रबन्धक नवराज दाहालले गरेका थिए । बैंकले देशभर ११५ शाखा, ११ एक्सटेन्सन काउन्टर, ९७ एटिएममार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
लक्ष्मी सनराइजको एक्स्टेन्सन शाखा
ग्रीन डेभलपमेण्ट बैंक र खेलकुञ्ज एरेनाबीच सम्झौता
ग्रीन डेभलपमेन्ट बैंक–ग्यालेक्सी हस्पिटल सम्झौता
ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान
ग्रीन बैंकको खुद नाफा ३ करोड ८६ लाख
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१