पोखरा म्याराथनको दोस्रो इभेन्ट भोलि

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७८
News Pokhara Marathon chitra

पोखरा । १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत चैत १२ मा हुने बाँकी इभेन्टको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले म्याराथनअन्तर्गत शनिबार बाँकी ६ वटा इभेन्टको तयारी पूरा भएको जनाएको हो ।
सो दिन १० किमी महिला/पुरुष खुला दौड, विद्यालयस्तरीय ५ किमी छात्र/छात्रा दौड, ह्विल चियर महिला/पुरुष दौड र दृष्टिविहीन महिला/पुरुष दौड हुने मञ्चका अधयक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
कोभिड १९ का कारण स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने भएकोले गत फागुन ७ गते मञ्चले खुला म्याराथन र हाफ म्याराथन गरी २ इभेन्टमात्र आयोजना गरेको थियो । अब हुने इभेन्टमा १ हजार ५ सय भन्दा बढीको सहभागिता रहेको अध्यक्ष पराजुलीले जानकारी दिए ।
१० किमी महिला/पुरुष दौड पोखरा रंगशालाको गेट नम्बर ६ बाट सुरु भई विभिन्न भाग परिक्रमा गरी वाराहीघाट खेल मैदानमा पुगेर समापन हुनेछ । ५ किमी छात्र÷छात्रा दौड पोखरा रंगशालाको गेट नम्बर ६ बाट सुरु भई विभिन्न भाग परिक्रमा गरी वाराहीघाट खेल मैदानमै पुग्नेछ ।
१० किमी खुला महिला तथा पुरुष दौड विजेता प्रथम, द्वितीय र तृतीय हुनेले जनही नगद २० हजार, १५ हजार र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिलातर्फ १ सय र पुरुषतर्फ दौड पूरा गर्ने २ सय जनालाई मेडल प्रदान गरिने महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।
५ किमी ५ छात्र/छात्रा दौडतर्फ दौड विजेता प्रथम, द्वितीय र तृतीयले जनही नगद १२ हजार, १० हजार र ७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छात्रतर्फ ३ सय र छात्रातर्फ २ सय जना दौड पूरा गर्नेलाई मेडल प्रदान गरिने आयोजकले जनायो ।
प्रतियोगितामा गण्डकी प्रदेशबाट विजेता हुने १० किमी महिला तथा पुरुष खुला दौड, ५ किमी छात्र÷छात्रा खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकीले सम्मान स्वरुप छुट्टै पुरस्कारको व्यवस्था गरेको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले बताए ।
लक्ष्मी हाउसको सुजल डेरीको उत्पादन सफल दुधको मुख्य प्रायोजनामा हुने प्रतियोगितालाई विभिन्न संघसंस्थाले साथ दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width