पृथ्वी सहकारीको अवलोकन भ्रमण

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७८
prithvi~

पोखरा । पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पोखरा–८, पृथ्वीचोकको आयोजनामा सहकारी भ्रमण सम्पन्न भएको छ ।
शिक्षा, तालिम र सूचनाअन्तर्गतको उक्त कार्यक्रममा नेपालको पश्चिम क्षेत्रमा ३ दिनसम्म भ्रमण गरिएको हो ।
सहकारीका प्रबन्धक मोहनप्रसाद अधिकारीका अनुसार भ्रमणमा सहकारी संचालक समितिका पदाधिकारी, सदस्य, विभिन्न उपसमितिका संयोजक, सदस्य, सल्लाहकार तथा कर्मचारी गरी करिब ४३ जनाको सहभागिता थियो ।
भ्रमणमा प्यूठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली, कपिलबस्तुको तिलौराकोट दरबार, रुपन्देहीको देवदह र पाँकरी वृक्ष अवलोकन थियो । सो अवसरमा कोलिया देवदह सहकारी संस्थामा सहकारी शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कोलिया देवदह सहकारीका प्रमुख कार्यकारी अधिकृत विनोद पराजुलीले प्रशिक्षण दिएका थिए । सो अवसरमा सहकारी अध्यक्ष सुवकान्त न्यौपाने र भ्रमणमा रहेका पृथ्वी सहकारीका अध्यक्ष किरणप्रसाद बञ्जाराबीच मायाको चिनो अदानप्रदान गरियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रबन्धक नरेश पाण्डेको समेत सहभागिता रहेको कार्यक्रम संयोजक एवं शिक्षा समिति संयोजक रामकुमार लामिछानेले जनाए ।

Related News

सम्बन्धित समाचार

  • आँगन सहकारीको पाँचौं साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरा १३, गौडामुखस्थित आँगन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । पर्यटकीयस्थल कार्की डाँडामा…
  • निःशुल्क स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिबार पोखरा–२५, हेमजामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । किरण गुरुङ मेडिकल र आरसी…
  • सयपत्रीमा झण्डै ६ हजार शेयर सदस्य

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्था लि., पोखराको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । सभाको उद्घाटन…
  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • पूर्व कर्मचारी सहकारीको साधारण सभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पूर्व कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखरा–७, रत्नचोकको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।…

hero news full width