एसियाको पहिलो कृषि कर्जा मेला

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७८
nmb laghubitta

पोखरा । विश्वकै दोस्रो तथा एसियाको पहिलो भनिएको कृषि कर्जा मेला चितवनमा सुरु भएको छ ।
कृषक र कृषिसँग जोडिएका मेला भ्रमणकर्तालाई एकैथलोमा सबै जानकारी लिन सजिलो होस् भन्ने हेतुले आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मसिनरी व्यवसाय संघले संयुक्त रुपमा चितवनको एक्स्पो सेन्टर भरतपुरमा चैत ९ देखि १२ सम्म यो मेला आयोजना गरेका हुन् ।
कृषि कर्जा मेलामा पोखरा हेमजाको एनएमबि लघुबित्त बित्तीय संस्थाले पनि सहभागिता जनाएको छ ।
संस्थाले आफ्ना ग्राहकलाई कृषिकर्जासम्बन्धी जानकारी गराई कृषि वित्तीय साक्षरता अभिबृद्धि गराउने र कृषि कर्जामैत्री नीति निर्माणमा थप टेवा पुग्ने उद्देश्य साथ उक्त मेलामा वित्तिय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले समेत सहभागिता जनाएका छन् ।
एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त बित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको बित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुबित्त बित्तीय संस्था हो । संस्थाले देशका सात वटै प्रदेशमा प्रादेशिक कार्यालय सहित ६८ जिल्लाका विभिन्न स्थानमा १ सय ४८ वटा शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी करिब १ लाख १९ हजार विपन्न घरपरिवारका सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मी सनराइजको एक्स्टेन्सन शाखा

    आदर्श समाज सम्वाददाता कार्तिक १२, २०८१
    पोखरा । लक्ष्मी सनराइज बैंकले पोखरा बाटुलेचौरमा एक्सटेन्सन शाखा संचालनमा ल्याएको छ । आइतबार सुरु उक्त शाखाले बैंकको विभिन्न सेवासहित…
  • ग्रीन डेभलपमेण्ट बैंक र खेलकुञ्ज एरेनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा १३, कुँडहर सिग्देलमार्गस्थित खेलकुञ्ज एरिना प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर…
  • ग्रीन डेभलपमेन्ट बैंक–ग्यालेक्सी हस्पिटल सम्झौता

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीहरु र उनका आश्रित परिवारका ग्यालेक्सी हस्पिटलसँग…
  • ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान

    आदर्श समाज सम्वाददाता भाद्र ९, २०८१
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंकको १२ औं वार्षिकोत्सव अवसरमा बैंक र लायन्स क्लब अफ पोखरा भद्रकाली आयोजनामा आइतबार रक्तदान कार्यक्रम…
  • ग्रीन बैंकको खुद नाफा ३ करोड ८६ लाख

    आदर्श समाज सम्वाददाता श्रावण २१, २०८१
    पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले २०८०/८१ आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशन साउन १८ गते गरेको छ…

hero news full width