पोखरा । प्रणव मानन्धर र सौगात विक पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा ब्वाइज ओपन डबल्सतर्फ विजयी भए ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीवार भएको फाइनलमा सो जोडीले निशा जोशी र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गर्दै च्याम्पियन भएका हुन् ।
विजेता जोडीले नगद १५ हजार सहित मेडल तथा उपविजेता जोडीले नगद ७ हजार ५ सय सहित मेडल पुरस्कार प्राप्त गरे । त्यस्तै अशव हाडा र स्पन्दन उदास तथा शास्वत बज्राचार्य र सृजन भट्टराइको जोडीले तृतीय स्थान प्राप्त गरे ।
१६ वर्षमुनिको ब्वाइज सिंग्लस उपाधि प्रणव मानन्धरले जितेका छन् । उनले फाइनल खेलमा राजवीर प्रधानलाई ६–०, ६–१ को सहज नतिजा निकाले । जीतसँगै उनले १५ हजार सहित मेडल तथा उपविजेता राजवीरले नगद ७ हजार ५ सय सहित मेडल पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सौगात विकले तृतीय स्थान हासिल गरे । विजयीलाई कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नवीन चालिसे, कोषाध्यक्ष अनुज बास्तोला, संघका सदस्य प्राञ्जल कायस्थ, नेपालका शीर्षवरियता खेलाडी प्रदीप खड्का लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा गल्र्सतर्फका फाइनल तथा अन्य खेलहरु जारी गरेको प्रतियोगिताका निर्देशक सूर्यभुषण बज्राचार्यले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
२५ औं आदर्श कप
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१