म्याग्दीमा भेटिए ३० क्षयरोगी

साधन राम्जाली
चैत्र ११, २०७८
myagdima kshaya rogi baddhai

????????????????????????????????????

म्याग्दी । विश्व क्षयरोग दिवस अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बिहीबार अन्तक्र्रिया गरिएको छ । दिवसको अवसरमा जिल्लामा क्षयरोगीको तथ्यांकसमेत सार्वजनिक भयो ।
स्वास्थ्य कार्यालयका अनुसार गत आवमामा जिल्लामा ४८ जना क्षयरोगका बिरामी भेटिएका थिए । ४८ मध्ये १४ महिला रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए । उनका अनुसार १ जनामा एचआइभी पोजेटिभ देखिएको थियो । यसैगरी, चालु आर्थिक वर्षको फागुनसम्म ३० जना क्षयरोगी बिरामी फेला परेका छन् । तीमध्ये १५ जना पुरुष छन् । गत वर्ष फेला परेका बिरामीमध्ये ९० प्रतिशत निको भएका छन् ।
गत वर्ष बेनीमा २६ ,मंगला गाउँपालिकामा ५, धवलागिरी ३, मालिका ७, अन्नपूर्णमा ६ र रघुगंगा गाउँपालिकामा १ जना क्षयरोगका बिरामी भेटिएका थिए । चालु आर्थिक वर्षको चैतसम्म बेनीमा १७, मंगलामा ४,धवलागिरीमा २, मालिकामा २, अन्नपूर्णमा ३ र रघुगंगा गाउँपालिकामा २ जनामा यो रोग फेला परेको छ ।
क्षयरोग थप फैलिन नदिन विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको सूचना अधिकारी सुवेदीले बताए । बिरामीको सम्पर्कमा आएकालाई कन्ट्याक ट्रेसिङ गरिएको उनले जानकारी दिए ।
बेनी अस्पतालकी नि. सुपरीटेण्डेन्ट डा. रुगमिना अधिकारीले नियमित औषधिको सेवन गरेमा क्षयरोग निको हुने बताइन् । उनले म्याग्दी क्षयरोग संक्रमणको उच्च जोखिममा रहेकोले थप सजकता अपनाउन आग्रह गरिन् । क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिसनामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने उनले बताइन् । क्षयरोगका किटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन । फोक्सोको क्षयरोग र फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग गरी दुई भागमा वर्गीकरण गर्न गरिएको छ ।
अधिकारीका अनुसार २ साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु, खासगरी बेलुकापख ज्वरो आउनु, छाति दुख्नु, खाना अरुची हुनु, खकारमा रगत देखिनु आदि क्षयरोगका लक्षणहरु हुन् । कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम लगायतले बोलेका थिए । वक्ताहरुले क्षयरोग थप फैलिन नदिन सर्वसाधारणमा जनचेतना फैलाउने र स्थानीय सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…

hero news full width

trending post

ट्रेन्डिङ्ग