पोखरा । जिल्ला अदालत कास्कीमा मंगलबार बेलुका साढे ५ बजे सबै काम सकियो । कर्मचारीहरु सबै झ्याल ढोका लगाएर घर निस्किए । बुधबार बिहान कार्यालय समयमा अदालत खुल्यो । बहसको काम सुरु गर्नुभन्दा अघि करिब ९ बजे कार्यालय सफा गर्ने एक महिला कर्मचारीले अदालतको ढोका फोडिएको र सामान यत्रतत्र फिजारिएको देखिन् ।
उनले अदालत प्रशासनमा खबर गरेलगत्तै प्रशासनबाट प्रहरीमा खबर भयो । वडा प्रहरी कार्यालय बैदामअघि रहेको अदालतमा भएको तोडफोडका घटनाले प्रहरीमा झनै चुनौती थपियो । अदालतबाट खबर प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान थाल्यो । मुचुल्का लिनेदेखि फिन्गर प्रिन्ट संकलन गर्यो ।
अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुका अनुसार अदालतको १ र ६ नम्बरको इजलास, दराज र बेन्च लगायतमा तोडफोड भएको हो । घटनास्थलमा प्राप्त प्रमाण आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले अभियुक्तको खोजी गर्न सुरु ग¥यो । दिनभरको खोजीपछि रातको १० बजे १ व्यक्ति नियन्त्रणमा लियो । उक्त व्यक्तिले दिएको बयान आधारमा उनी अभियुक्त हो भन्ने निचोडमा पुग्यो । बिहीबार बिहान पत्रकार सम्मेलन गरी जिल्ला अदालत कास्की तोडफोड गर्ने उनलाई सार्वजनिक ग¥यो । उनी थिए, पोखरा १५, टुटुंगाका २७ वर्षीय दावा भनिने अर्जुन परियार ।
तोडफोड गरेका कोठाको दराज फोरिएको तर नजिकै भएको कम्प्युटर लगायत सामान नलगेको हुँदा अदालतका कर्मचारीको आंकलन मिसिल चोरी भयो कि भन्ने थियो । तर परियारले दिएको बयान भने अचम्मको छ । उनले कागजात र मिसिल होइन, लागु औषध खोज्न अदालतको ढोका फोडेको बताए । लागुऔषध खानकै लागि अदालतमा यस्तो हर्कत गरेको उनी आफैले स्वीकारेका छन् ।
पक्राउ पर्नेमा पोखरा १५ का २७ वर्षीय दावा भनिने अर्जुन परियार हुन्
कासकी प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार परियार २०७३ सालदेखि लागुऔषधसँग सम्बन्धित मुद्दामा पटकपटक पक्राउ पर्दै आएका छन् । उनी घर र थुनामा बराबरीजस्तो बस्ने गरेको प्रवक्ता तिवारीको भनाइ थियो । पछिल्लो पटक उनी फागुन २३ मा वडा प्रहरी कार्यालय बैदामबाट थुनामुक्त भएका थिए । पटक–पटक जिल्ला अदालत धाउने अदालतमा लागुऔषध कहाँ राखिन्छ भन्ने नजिकबाट नियालेका थिए ।
मंगलबार राति पनि उनी लागुऔषध लिनकै लागि अदालतको पछाडिपट्टि पुगे । जहाँ लागु औषध नष्ट गरिने ठाउँ छ । त्यहाँ खोजखाज गर्दा त्यहाँ नर्फिन र फेनेरागनका ३ एम्पुल लागुऔषध भेट्टाए । अदालतमा कहाँ राख्न भनेर थाहा पाएका उनको मन यतिकै मानेन । अनि हानिए इजालसतर्फ । ‘त्यहाँ मैले ३ वटा लागुऔषध भेट्टाएँ । त्यसपछि भित्र पनि पाइन्छ कि भनेर छिरेको हुँ,’ बयानमा परियारले भनेका छन् । परियार अदालत परिसरमै भेटिएको १ सय १० इन्च लामो फलामे रड प्रयोग गरेर अदालतको ढोका फोरे । भित्र लागु औषध नभेटेपछि रड छाडेर हिंडे । परियारले आफूलाई लेखपढ गर्न नआउने भन्दै पैसा र लागुऔषध पाइन्छ कि भनेर अदालत छिरेको बयान दिएका छन् । आरोपित परियारलाई प्रहरीले जिल्ला अदालतमा अनाधिकृत प्रवेश तथा अपराधिक उपद्रवसम्बन्धी र नकबजनी चोरी उद्योगमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले बताए ।
अदालतको इजलास नम्बर १ को कोठाको ढोकामा लगाएको ताला फोडेको, इजलासभित्रको काठको टेबुलमाथि इन्डेक्स फाइल यत्रतत्र छरिएको, इजलास नम्बर ६ को मूलढोकामा लगाएको ताला फोडिएको, कोठाभित्रको काठको टेबुलको तलको घर्रा खुला रही कागजात यत्रतत्र छरिएको थियो । साथै बांगिएको अवस्थामा फलामको रड प्रहरीले बरामद गरेको थियो ।
Related News
सम्बन्धित समाचार
गाडेको अवस्थामा महिलाको शव फेला
पल शाह बलात्कार प्रकरण: निवेदन एकसाथ पेस गर्नू
पोखरामा ९ जुवाडे पक्राउ
पल शाह बलात्कार प्रकरणमा पीडितले नवलपुरमा पनि बयान फेरिन्
शिक्षकले विद्यार्थीलाई पोर्न भिडियो देखाएपछि ….
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९