पोखरा, १० चैत । पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, पोखरा–८, पृथ्वीचोकको आयोजनामा सहकारी भ्रमण सम्पन्न भएको छ । शिक्षा, तालिम र सूचनाअन्तर्गतको उक्त कार्यक्रममा नेपालको पश्चिम क्षेत्रमा ३ दिनसम्म भ्रमण गरिएको हो।
सहकारीका प्रबन्धक मोहनप्रसाद अधिकारीका अनुसार भ्रमणमा सहकारी संचालक समितिका पदाधिकारी, सदस्य, विभिन्न उपसमितिका संयोजक, सदस्य, सल्लाहकार तथा कर्मचारी गरी करिब ४३ जनाको सहभागिता थियो ।
भ्रमणमा प्यूठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली, कपिलबस्तुको तिलौराकोट दरबार, रुपन्देहीको देवदह र पाँकरी वृक्ष अवलोकन थियो । सो अवसरमा कोलिया देवदह सहकारी संस्थामा सहकारी शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कोलिया देवदह सहकारीका प्रमुख कार्यकारी अधिकृत विनोद पराजुलीले प्रशिक्षण दिएका थिए । सो अवसरमा सहकारी अध्यक्ष सुवकान्त न्यौपाने र भ्रमणमा रहेका पृथ्वी सहकारीका अध्यक्ष किरणप्रसाद बञ्जाराबीच मायाको चिनो अदानप्रदान गरियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रबन्धक नरेश पाण्डेको समेत सहभागिता रहेको कार्यक्रम संयोजक एवं शिक्षा समिति संयोजक रामकुमार लामिछानेले जनाए।
Related News
सम्बन्धित समाचार
एन–प्याब्सन खेलकुद महोत्सव जारी
देशभरका कानून व्यवसायी पोखरामा
देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
आँगन सहकारीको पाँचौं साधारणसभा
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१