पोखरा, १० चैत । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । नावालिग गायिका बलात्कार अभियोगमा पक्राउ परेका शाहलाई बिहीबार जिल्ला अदालत तनहुँले थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले तत्काल प्रमाणका आधारमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । मुद्दाका सहप्रतिवादी कृष्ण जोशीलाई भने तत्काल १ लाख धरौटीमा माग गरिएको छ ।
वादी र प्रतिवादीको तर्फबाट दुई दिनसम्मको थुनछेक बहसपछि बिहीबार साँझ शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पलका फ्यान भने दुखी बनेका छन् ।
पीडितको तर्फबाट बहस गरेका अधिवक्ता विमलप्रसाद लामिछानेका अनुसार जाहेरवालाको तर्फबाट सरकारी वकिलसहित ९ जना र प्रतिवादीको तर्फबाट १२ जना कानुन व्यवसायीले बहस गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले मंगलबार पलविरूद्ध अधिकतम् १४ वर्ष र उनका म्यानेजर कृष्णलाई मतियारका रूपमा ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र अदालतमा दर्ता गरेको थियो ।
गत फागुन ११ मा नाबालिग गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि उनले फागुन १५ मा तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । तिनै पीडित नावालिग गायिकाले पलविरुद्ध तनहुँपछि जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता गरेकी छन् । उनीविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर भइसकेको छ ।
कानुनको उक्त दफामा महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । जसमा १२ देखि १४ वर्ष जेल सजाय हुने उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
रामचन्द्र पाैडेलकाे गृहनगरमा वैकुन्ठ न्याैपाने विजयी, एमाले–स्वतन्त्र गठबन्धनका जाेशीकाे प्रयास सफल भएन
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
एमालेबाट मेयर उम्मेदवार कृष्ण थापाकाे वडामा कांग्रेसले जित्याे वडाध्यक्ष
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
जेठ ८, २०७९