पोखरा, १० चैत । कास्की जिल्ला अदालतमा नकवजनी चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई २४ घण्टा नबित्दै पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पोखरा १५, टुटुंगाका २७ वर्षीय अर्जुन परियार (दावा) हुन् । सामान्य लेखपढ मात्र गर्न जान्ने परियारमाथि भने श्रृंखलाबद्ध आपराधिक क्रियाकलापको फेहरिस्त छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरेको हो । लागु औषधको कुलतमा फसेका परियारले यसअघिका मुद्दामा अदालतमा म्याद थप गर्न लगिंदा मुचुल्का गरी नष्ट गर्न राखिएका लागु औषध देखेका थिए । उनले लागु औषध पाउने आशमा संवेदनशील क्षेत्र अदालतको ढोका फोडेरै महत्वपूर्ण मिसिल छरपस्ट पारेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले भिडियो क्लीप देखाउँदै बताए । घटनाबारे थाहा पाएपछि अभियुक्त नजिक पुग्न समय धेरै नलागेको डिएसपी तिवारीले बताए । प्रारम्भिक अनुसन्धानमा परियारले आफू संलग्न रहेको स्वीकारेको प्रहरीले जनायो ।
प्रहरी रेकर्डमा परियारले २०७३ देखि हालसम्म गरी विभिन्न ९ मुद्दा खेपेका छन् । २०७३ सालमा उनले ३ वटा चोरी मुद्दा, २०७४ सालमा लागु औषध र भद्र व्यवहार, २०७५ मा लागु औषध, २०७६ मा अभद्र व्यवहार र लागु औषध मुद्दा खेपेर रिहा भएका थिए ।
मंगलबार राति वडा प्रहरी कार्यालय बैदाम अगाडि रहेको कास्की जिल्ला अदालतका इजलास नम्बर १ को कोठाको ढोकामा लगाएको ताला फोडेको, इजलासभित्रको काठको टेबुलमाथि इन्डेक्स फाइल यत्रतत्र छरिएको, इजलास नम्बर ६ को मूलढोकामा लगाएको ताला फोडिएको, कोठाभित्रको काठको टेबुलको तलको घर्रा खुला रही कागजात यत्रतत्र छरिएको थियो । साथै बांगिएको अवस्थामा फलामको रड प्रहरीले बरामद गरेको थियो ।
डिएसपी तिवारीले सो घटनामा संलग्न रहेको अभियोगमा परियारविरुद्ध नकवजनी चोरी मुद्दामा अनुसन्धान जारी रहेको जनाए । कानुनमा सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई हानी नोक्सानी वा क्षति पु¥याउने नियतले जानीजानी वा विश्वास गर्नुपर्ने मनासिव कारण भइ वा लापरबाही वा हेलचक्राइँ गरी कुनै निजी सम्पत्ति नास गरेमा वा त्यसको मूल्य, महत्व वा उपयोगिता घट्ने काम गरेमा अनाधिकृत प्रवेश तथा आपराराधिक उपद्रव सम्बन्धी मुद्दा चलाउने सक्ने प्रावधान छ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१