टेनिसमा राजवीर, ब्रिजेश, आर्यशलाई स्वर्ण

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७८
tennis

पोखरा । मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत यु–१४ इभेन्टमा राजवीर प्रधानले स्वर्ण जितेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत बुधबार फाइनलमा पोखराका दर्शिल श्रेष्ठलाई ६–२, ६–२ ले पराजित गर्दै १२ हजारसहितको उपाधि जितेका हुन् । दोस्रो स्थानमै चित्त बुझाएका दर्शिल ६ हजार सहित पुरस्कृत भए ।
यु–१२ को इभेन्टमा ब्रिजेश अर्यालले प्रथम, स्पर्श तिमिल्सिना क्षत्रीले द्वितीय, अशाभ सम्राट हाडाले तृतीय भए । विजेता नगद ८ हजार तथा उप–विजेता नगद ५ हजार सहित पुरस्कृृत भए ।
ब्वाइजकै १० वर्षमुनिको इभेन्टमा विश्व डल्लाकोटी प्रथम, संघर्ष फोकदार द्वितीय, सन्दीप जिसी तृतीय, सनम सापकोटा चांैथो भए । ८ वर्षमुनिको ब्वाइज सिंगल उपाधि पोखराका आर्यश राज पौडेलले जिते । फाइलनमा उनले पोखराकै नितेश थापालाई पराजित गर्दै नेपालको शीर्षस्थान कायमै राखे । प्रतियोगितामा निर्जल टन्डनले तेस्रो तथा सुभान केसीले चौंथो स्थान हासिल गरे ।
विजयी खेलाडीलाई पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदार, कास्की जिल्ला टेनिस अभिभावक संघका सदस्य भीष्मराज पौडेल, अभिभावक प्रेमप्रकाश गौतम लगायतले पुरस्कार वितरण गरे ।
महिलातर्फका विभिन्न इभेन्टको फाइनल र अन्य कन्सुलेसन खेल जारी रहेको प्रतियोगिता संयोजक नवीन श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…

hero news full width