पोखरा । मुना कृषि लि.द्वारा सञ्चालित मुनाबजार शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । मुख्य कार्यालय लतिलपुरको सानेपामा रहेको मुनाबजारको पोखरामा शाखा कार्यालय सञ्चालन गर्न लागेको बुधबार पत्रकार सम्मेलनमा जनाइयो ।
कम्पनीका अध्यक्ष युवराज गुरुङले सुरक्षित खाद्य उद्देश्यसहित स्थानीय तथा रैथाने वस्तुहरुको प्रवद्र्धन गर्ने उद्देश्यले ५५ लाखको लागतमा पोखरा सिर्जनाचोकमा पाँचौं शाखाको सञ्चालनको तयारी गरेको बताए । उत्पादित कृषि उपजलाई सुरक्षित रुपले भान्सा सम्म पु¥याउने उद्देश्यले नेपालका ६० जिल्लाका किसानले उत्पादन गरेका स्थानीय १ हजार ६ सय प्रकारका खाद्य वस्तु उपभोक्तामाझ पुर्याइने उनले बताए ।
मुनाबजारको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । गैरआवासीय नेपालीले विदेशमा बसेर आर्जन गरेको धन, ज्ञान, सीप र अनुभवलाई लगानी गर्दै नेपालको कृषि क्षेत्रमा रुपान्तरण गर्ने कम्पनीको उद्देश्य रहेको अध्यक्ष गुरुङले बताए ।
कम्पनी म्यानेजर सीता पाण्डेले कोभिड–१९ महामारीका समयमा किसानहरुले उत्पादन गरेका फलफूल तथा तरकारी काठमाडौं उपत्यकामा बिक्री वितरणमा सघाएको बताइन् । उनले मुनाबजारले उत्पादन, संकलन, समन्वय र बजारीकरणमा सघााउने बताउँदै अन्य संस्थासँग प्रतिस्पर्धा भन्दा सहकार्य गर्ने उल्लेख गरिन् ।
Related News
सम्बन्धित समाचार
पुसमा २० औं लेखनाथ महोत्सव
आइकोनिक रिमझिम बल क्यान्डी
४ महिनामा साढे ४ खर्ब व्यापार घाटा
आदर्श समाजकर्मी शर्मा सम्मानित
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१