कांग्रेस बैदाम ६ को अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७८
congress ~

पोखरा । नेपाली कांग्रेस पोखरा ६ इकाइ समितिले बुधबार टोल कार्यसमितिसँग अन्तक्र्रिया एवं छलफल कार्यक्रम गरेको छ ।
स्थानीय निर्वाचनमा टोल कार्यसमितिले गर्नुपर्ने काम, कर्तव्य र टोलस्तरमा भए गरेका अधुरा काम र त्यसको योजना तयार गर्ने उद्देश्यले सो कार्यक्रम गरेको हो ।
चुनावमा पार्टीका उम्मेदवार जिताउन टोलस्तरबाट हुने सहयोग, बुथ कमिटी गठन गर्नुपर्ने र बुथमा रहने व्यक्तिले मतदाताप्रति गर्ने व्यवहारसहित कस्ता उम्मेदवारलाई पार्टीले टिकट दिलाउँदा उम्मेदवारले चुुनाव जित्न सक्छ । पार्टीभित्र एकरुपता ल्याउने, आर्थिक सुशासन कायम गराउने, मतदातासँग समयमै पुग्न ग्यारेन्टीसहित अन्य निकास र समाधानको विषयमा छलफल गरिएको थियो ।
कांग्रेस महाधिवेशन प्रतिनिधि डा.कृष्णप्रसाद पौडेलले ‘घरघरमा जाऔं, कांग्रेसलाई जिताऔं’ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिंदै टोलमा कांग्रेस मजबुत भएमात्र आफ्ना उम्मेदवारले जित्ने हुँदा पार्टी टोलमुखी हुन आग्रह गरे ।
उम्मेदवार मतदाताको घरदैलोमा पु¥याउने योजना बनाउने उद्देश्यले अन्तक्र्रिया आयोजना गरिएको इकाइ सभापति सन्तोष पौडेलले जानकारी दिए ।
गिरिजाप्रसाद कोइराला टोल समिति सभापति गुरुदत्त कोइरालको अध्यक्षमा भएको कार्यक्रममा सचिव प्रकाश न्यौपाने, पूर्व वडाध्यक्ष होमबहादुर लामिछाने, मिडिया सल्लाहकार गणेश पहारी, सल्लाहकार तेजनारायण पराजुली, सल्लाहकार नेत्रपाणि न्यौपाने, सल्लाहकार जनकलाल श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि सावित्री तिमिल्सिना, पूर्व क्षेत्रीय उपसभापति मोतिप्रसाद ढुंगाना, प्रदेश प्रतिनिधि लक्ष्मीबहादुर भट्टराई, क्षेत्रीय प्रतिनिधि लोकराज पहारी, चूडामणि अधिकारी र विष्णुप्रसाद पहारी लगायतले अरुको बहकाउमा नलागी कांग्रेसले उठाएका उम्मेदवार जिताउनु पर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width