‘सिजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७८
CG New Year-Logo

पोखरा । सिजीले नयाँ वर्ष–२०७९ अवसरमा सिजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ । यस स्कीमअन्तर्गत अब ग्राहकले सिजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामान खरिदमा ४ हजार ९ सय ९० सम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहार प्राप्त गर्न सक्नेछन् ।
नेपालको उत्कृष्ट ब्रान्डरुपमा प्रस्तुत सिजी ब्रान्डको यो स्कीमसँगै नेपालीको नयाँ वर्ष झनै हर्ष र उल्लासमय हुने कम्पनीले विश्वास लिएको छ ।
उक्त स्कीमअन्तर्गत ग्राहकले सिजी ब्रान्डका ५५ इन्च वा सोभन्दा माथिका टिभीको खरिदमा ५ हजार १ सय ९० बराबरको आकर्षक सिजीको स्पिकर र ५० इन्चसम्मका टिभी खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् । त्यसैगरी मल्टी डोर साइड बाइ साइड रेफ्रिजेरेटर खरिदमा ४ हजार ६ सय ४० मूल्य बराबरको आकर्षक सिजीको इन्डक्सन चुल्हो प्राप्त गर्ने जनाइएको छ ।
सिजी ब्रान्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने १ हजार ५ सय ५० बराबरको सिजी भ्याकुम फ्लास्क र सिंगल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन् ।
सिजी ब्रान्डका फ्रन्टलोड वासिङ मसिनको खरिदमा ६ केजी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वासिङ मसिन खरिदमा २ केजी एरियल पाउडर र स्टिम वास डिसवासर खरिदमा डिसवासर किट प्राप्त गर्नेछन् ।
सिजी ब्रान्डका मल्टी मिडिया, साउन्ड बार र ट्रलीजस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकले खाना पकाउने आकर्षक सामग्री प्राप्त गर्ने छन् । यो स्कीमअन्तर्गत सिजी ब्रान्डका फ्लोर स्ट्यान्डिङ÷ सिलिङ क्यासेट÷ स्प्लीट वाइफाइ इन्भर्टर एसी खरिदमा ४ हजार बराबरको निशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लीनरका खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने छन् । कम्पनीले यो योजना चैत १० देखि देशभरमा सीमित अवधिका लागि लागु गर्ने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width