पोखरा । इन्धनमा चरम मूल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले आफैं गाडीभाडा वृद्धि गरेका छन् । १५ चैतदेखि लागु हुने गरी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आफू मातहतका गाडीको भाडा बढाएको हो । साप्ताहिकरुपमा बढेको इन्धनको मूल्यअनुसार सार्वजनिक यातायातको भाडा बढाउन सरकार उदासीन बनेको भन्दै व्यवसायीले बढाएका हुन् ।
यातायात व्यवस्था कार्यालय गण्डकी र जिल्ला प्रहरी कार्यालय कास्कीलाई बोधार्थ दिएर कम्पनीले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र दिएको छ । सरकारले यातायात व्यवसायी समितिलाई कम्पनी ऐनअनुसार रुपान्तरण गरे पनि कार्यविधि र ऐन कानुनको निर्माण नहुँदा कठिनाइ झेल्नुपरेको कम्पनी अध्यक्ष योगेन्द्र केसीले बताए ।
‘१ सय ७ रुपैयाँ डिजेलको मूल्य हुँदा समायोजन भएको भाडा डिजेल १ सय ३८ पुग्दा पनि उही छ । इन्धनमा ५ रुपैयाँ बढ्दा भाडा समायोजन गर्ने सहमति भएकोमा समयसापेक्ष र वैज्ञानिक भाडादरको सिद्धान्त लागु भएन,’ उनले भने, ‘अहिलेको अवस्थामा सरकार निर्वाचनकेन्द्रित मात्र भएकोले भाडा समायोजनसम्बन्धी हाम्रो मागप्रति उदासीन रहेको छ । यही बसभाडामा सेवा सञ्चालन गर्न यातायात व्यवसायीहरु असमर्थ रहेकोले भाडा बढाएका हौं ।’
उनले बन्द हड्तालको सट्टा आफैं भाडा बढाएर सेवा दिने निर्णयअनुसार भाडा वृद्धि गरेको बताए । ‘बन्द हड्तालजस्ता अमानवीय तथा अप्रिय क्रियाकलाप गर्नुभन्दा भाडा बढाएर सेवा सञ्चालन गर्नु नै उपयुक्त हुने निष्कर्षमा पुग्यौं । हाम्रा सवारीसाधन चल्न नसक्ने अवस्था रहकोले रहरले नभई बाध्यताले २० प्रतिशत भाडावृद्धि गरी सेवा सुचारु गर्ने निर्णय लिन बाध्य भएको हो,’ केसीले भने ।
ज्ञापनपत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य सत्प्रतिशत बढ्दासमेत सरकारले चासो नदिएको गुनासो छ । ‘दैनिक उपभोग्य वस्तु सत्प्रतिशत मूल्य बढेको छ । यसमा न सरकारको दृष्टि पुगेको छ, न त उपभोक्ता मञ्चको,’ ज्ञापनपत्रमा लेखिएको छ, ‘दैनिक मूल्य बढेकोबढ्यै गर्दा हामीले गाडी चलाउन सक्ने अवस्था रहेन ।’
२०६५ सालमा वैज्ञानिक भाडादर पुनरावलोकन समिति गठन भएपछि उक्त समितिको प्रतिवेदनअनुसार २ भागमा वर्गीकरण गरेर १८ तत्वका आधारमा ६५ प्रतिशत र ३५ प्रतिशत इन्धनलाई आधार बनाइएको छ । २०६९ देखि समायोजन नभएको भाडा गत असार अन्तिममा समायोजन भएको थियो । भाडा निर्धारण र समायोजनका लागि सरकारी समिति भए पनि व्यवसायीले कानुनविपरीत आफैं भाडा बढाएका हुन् ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१