कांग्रेस कास्की क्षेत्र नं १ मा पार्टी कार्यालय

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७८
Nepali congress

लेखनाथ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचन मध्यनजर गर्दै निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क र ख मा पार्टी कार्यालय स्थापना गरेको छ । पोखरा महानगरको नगर समितिका साथै ११ वटा वडा समिति, रुपा गाउँपालिका समिति एवं पालिकाभित्रका ७ वडा समिति, मादी गाउँपालिका समिति र १२ वटा वडा समितिका कार्यालयहरु एकैसाथ सञ्चालनमा ल्याएको छ ।
सबै कार्यालयहरुको एकसाथ शुभारम्भ गर्दै नेपाली कांग्र्रेस क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लामिछानेले अबको स्थानीय निर्वाचनका लागि जनताका घर घरमा गई सुसुचित गराउन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष अमरबहादुर केसी, नेपाली कांग्रेस पोखरा महानगर समितिका पूर्व कोषाध्यक्ष नारायण पौडेल लगायतले बोलेका थिए भने कार्यक्रम सञ्चालन क्षेत्रीय सहसचिव मोती गिरीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width