काहुँखोला भाट समाजमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७८
bhat samaj

पोखरा । काहुँखोला भाट समाज पोखरा १३ को ११ औं साधारण सभा तथा पाचौं अधिवेशनले सु. भीमबहादुर रानाभाटको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा वसन्त रानाभाट, सचिवमा सूर्यबहादुर (सुजु) रानाभाट, सहसचिव हरिप्रसाद रानाभाट, कोषाध्यक्ष प्रविना रानाभाट, सहकोषाध्यक्षमा रीता रानाभाट र सदस्यमा शारदा रानाभाट, तेजबहादुर रानाभाट, कुमारी रानाभाट, सूर्यबहादुर अधिकारीभाट, इन्द्रबहादुर रानाभाट, तर्कबहादुर रानाभाट, पार्वती रानाभाट, लक्ष्मी सापकोटाभाट र वस्यानी रानाभाट चयन भएका छन् ।
सल्लाहकारमा संस्थापक अध्यक्ष शान्ति रानाभाट, चन्द्रबहादुर रानाभाट, पितृप्रसाद रानाभाट, ज्यो. रुद्रबहादुर रानाभाट, लेखनाथ रानाभाट, एकदेव रानाभाट र डिल्लीराम रानाभाटलाई चयन गरिएको छ ।
फिस्टेल एकेडेमीका संस्थापक प्राचार्य एवं रानाभाट भाट समाजका केन्द्रीय सल्लाहकार चीनु रानाभाटले अधिवेशन उद्घाटन गर्दै भाट तथा रानाभाट सबै भाइबन्धु एक हुनुपर्ने बताउँदै आपसी भाइचारा र सहयोग आदानप्रदानले सबै बन्धुलाई फाइदा हुने बताए ।
कार्यक्रममा जयकृष्ण रानाभाट, विद्याधर रानाभाट, विष्णुमाया रानाभाट र तीलकुमारी रानाभाट, शिक्षा क्षेत्रबाट फिस्टेल एकेडेमी संस्थापक प्राचार्य चीनु रानाभाट, डा. एरिका रानाभाट र डा. अप्सरा रानाभाट, इन्जिनिरयहरु राजन वञ्जराभाट, राजेश वञ्जराभाट, राजेन्द्र रानाभाट र फार्मेसिसट नमुना रानाभाट तथा सुरक्षा निकायबाट प्रनानी हिराबहादुर रानाभाटलाई सम्मान गरियो ।
भाट समाज कास्की जिल्लाका वरिष्ठ उपाध्यक्ष श्रीधर रानाभाटले भवन निर्माणको लागि २५रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए । काहुँखोला भाट समाजका अध्यक्ष एकदेव रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समिति संयोजक एवं संस्थापक अध्यक्ष पितृ प्रसाद रानाभाटले स्वागत र संचालन सचिव भीमबहादुर रानाभाटले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width