पोखरा । पोखरामा जारी मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा सारा पन्त र सभर्णा गुरुङले स्वर्ण जितेका छन् ।
साराले गल्र्स यु–८ प्रतियोगितामा जिवाश्री भट्टराईलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । जिवाश्रीले रजतमा चित्त बुझाइन् । सोही उमेर समूहमा केजिया शाक्यले तृतीय तथा जेनोभा शर्माले चौंथो स्थान प्राप्त गरिन् ।
यु–९ गल्र्सतर्फ सभर्णा गुरुङ प्रथम, केजिया शाक्य द्वितीय तथा जिवाश्री भट्टराई तृतीय भए ।
विजयीलाई आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ, उपाध्यक्ष राजु गुरुङ, सदस्य शान्ति उदास, सल्लाहकार अनिल तुलाचन, कास्की टेनिस अभिभावक संघका अध्यक्ष गौतम उदास, जीवन भट्टराई लगायतले मेडल र प्रमाणपत्र प्रदान गरे ।
ब्वाइज यु–८ तर्फ निर्जल टण्डनलाई पराजित गर्दै आर्यषराज पौडेल फाइनलमा प्रवेश गरेका छन् । त्यस्तै, सुभान केसीलाई पराजित गर्दै नितेश थापाले फाइनलमा स्थान बनाए । यु–१४ ब्वाइज सिंगल्समा राजवीर प्रधान र दर्शिल श्रेष्ठले पनि फाइनलमा स्थान बनाएका छन् । राजवीरले निशा जोशीलाई तथा दर्शिलले सृजन भट्टराईलाई पराजित गरे । यु–९ ब्वाइज सिंगल्सको राउण्ड रोविन लिगमा जीत हासिल गर्दै निश्चल ज्ञवाली, आर्यषराज पौडेल र संघर्ष फोकदार अगाडि बढे । यु–१४ गल्र्स सिंगल्समा प्रशंसा मोक्तान, शिवाली गुरुङ र कर्मिस्था श्रेष्ठले जीत हात पार्दा यु–१२ गल्र्स सिंगल्समा कर्मिस्था श्रेष्ठ, शिवाली गुरुङ, प्राज्ना मानन्धर र स्वस्तिका विष्टले पनि लिग खेलमा जीत हासिल गरेको प्रतियोगिता निर्देशक सूर्यभूषण बज्राचार्यले बताए ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटको आज समापन
एनप्याब्सन खेलकुद महोत्सव जारी
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१