रेडक्रसबारे अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७८
redcross

हेमजा । युवा रेडक्रस सर्कल हेमजाको आयोजना तथा हेमजा उपशाखाको सहआयोजनामा युवाका लागि रेडक्रस विषयक अभिमुखीकरण कार्यक्रम भएको छ ।
कार्यक्रममा रेडक्रस कास्की उपकोषाध्यक्ष कृष्णप्रसाद पौडेलले युवाहरुलाई मानव कल्याणकारी कार्य गराउन रेडक्रसको भूमिका महत्वपूर्ण रहँदै आएको बताए । उनले रेडक्रसका आधारभूत जानकारी लिन अभिमुखीकरण फलदायी हुने विश्वास समेत व्यक्त गरे ।
विष्णुपादुका माविका प्रअ दीपकराज पौडेलले रेडक्रस पवित्र सामाजिक संस्था भएको चर्चा गर्दै युवामा रेडक्रसको ज्ञान अत्यावश्यक रहेको धारणा राखे ।
हेमजा उपशाखा सभापति नेत्रपाणि भण्डारीले उपशाखा युवालाई क्रियाशील बनाउन र सर्कलसँग सहकार्य गर्न सधै तयार रहेको स्पष्ट पारे । त्यस अवसरमा रेडक्रस कर्मचारी समेत रहेका प्रशिक्षक नवराज भण्डारीले रेडक्रसको स्थापना, त्यसले समाजमा गरेका रचनात्मक तथा मानव कल्याणकारी कार्यका बारेमा जानकारी दिए ।
सर्कलका अध्यक्ष अनिल पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष राज पौडेलले स्वागत, सहकोषाध्यक्ष विनोद पौडेलले ७ सिद्घान्त वाचन तथा सचिव सन्तोष पौडेलले संचालन गरे ।
कार्यक्रममा हेमजाका विभिन्न विद्यालयका विद्यार्थी तथा अन्य युवा गरी ३० जना कार्यक्रममा सहभागी भए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width