पोखरा । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखरा टोलीले पूर्वी नेपालमा पोखराको पर्यटन प्रवद्र्धनसँगै विभिन्न उद्योग अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा एगाद्वारा आयोजित पर्यटन प्रवद्र्धन एवम् क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत व्यवसायीलाई विराटनरस्थित अन्नपूर्ण निटिङ इन्डस्ट्रिज र प्रगति टेक्सटायलको अवलोकनसँगै इलामको कन्याम चियावारी, कोशी व्यारेज लगायत स्थान अवलोकन गराइएको कार्यक्रम संयोजक संस्थाका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिए ।
अन्नपूर्णका प्रबन्ध निर्देशक नन्दकिशोर राठीले व्यावसायिक सफलताको शुभकामना दिंदै व्यवसायी र उद्योगबीचको सहकार्य आगामी दिनमा अझै प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
संस्थाका पूर्व अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले आफूले बिक्री वितरण गरेका सामग्रीको उत्पादन प्रक्रिया, त्यसको गुणस्तरीयता लगायतका विषयमा अवलोकन भ्रमण उपयोगी बनेको धारणा राखे ।
एगा पोखराका अध्यक्ष विश्वराज पोखरलेले पोखरामा एगा सम्बद्ध व्यवसायीले स्वदेशी एवं विदेशी पर्यटकको रोजाइअनुसार सामग्री तयार गरी बिक्री गर्दै आएको बताए । सो अवसरमा कार्यक्रम संयोजक गोकर्ण लम्साल, सचिव गीता ढकाल (पौडेल), संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले भ्रमणले व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग गरेको बताए ।
Related News
सम्बन्धित समाचार
वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए
पर्वतीय महोत्सव तयारी
कधलान्दु्रकमा हनी हन्टिङ महोत्सव
शिक्षक संगठनमा श्रीकान्त
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१