मादीमा सिद्धबाबा कप

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७८
deepjyoti

पोखरा । कास्कीको मादी गाउँपालिका ८, पोशीस्थित दीपज्योति युवा क्लबले चैत ११ देखि १३ सम्म प्रथम सिद्धबाबा कप प्रतियोगिता गर्ने भएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद, खेलकुदका लागि दीपज्योति युवा क्लब’ नाराका साथ मादी ८ को आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको क्लबले जनाएको छ ।
विजेताले ४० हजार, उपविजेताले नगद २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ट्रफी तथा मेडलको व्यवस्था गरिएको क्लबले जनाएको छ । प्रतियोगिताका अनुशासित टिमलाई नगद ३ सहित ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्सका साथै क्वाटर फाइनलबाट म्यान अफ द म्याच ट्रफी प्रदान गरिने बताइएको छ ।
खेलकुद माध्यमबाट मादी ८ पोशी गाउँलाई पर्यटन प्रवद्र्धन गराउन र युवापुस्तालाई फुटबलप्रति रुचि बढाइ आगामी दिनहरुमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष चुलबहादुर गुरुङले बताए । यसअघि पुस ३० देखि माघ २ सम्म संचालन हुने भनिएको प्रतियोगिता कोभिड जोखिमका कारण स्थगित भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा पोखरामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । मंसिर…
  • २५ औं आदर्श कप

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    लेखनाथ । पोखरा २९, भण्डारढिकस्थित प्रस्तावित लेखनाथ रंगशालामा २५ औं संस्करणको आदर्श कप तयारी अन्तिम चरणमा पुगेको छ । यही…

hero news full width