सुटिङ थाँती राखेर पार्टी प्रवेश

रासस
चैत्र ८, २०७८
Karisma

काठमाडौं । चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङलाई थाँती राखेर आज पार्टी प्रवेश कार्यक्रममा सामेल हुनुभयो । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेपछि मन्तव्यका क्रममा पनि कार्यक्रमपछि पुनः सुटिङमा जानुपर्ने भएकाले हतारोमा रहेको जनाउ दिनुभयो । मानन्धर एमालेमा आउने भन्ने सूचनाले कार्यक्रमस्थलमा पत्रकार र पार्टीका कार्यकर्ताको घुइँचो लागेको थियो ।

अभिनय यात्रामा व्यस्त कलाकार मानन्धरलाई स्थानीय निर्वाचनको सम्मुखमा किन एमालेमा प्रवेश गर्नुपरेको होला रु विगतमा डा बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी करिश्मालाई एमाले के कारणले मन परेको हो रु मानन्धरले आफ्नो मन्तव्यमा यी प्रश्नको लिखित जवाफ दिनुभएको छ ।

एमाले रोज्नुको पहिलो कारण अध्यक्ष रहेको उहाँले बताउनुभयो । मानन्धरले अध्यक्ष ओली जनताका लागि पथ प्रदर्शकको भूमिकामा रहेको र राजनीतिमा सधैँ सक्रिय रहेको बताउनुभयो । मानन्धरले एमालेले समानता र सामाजिक न्यायमा आधारित रहेर परिवर्तन र समृद्धिको एजेण्डा स्थापित गर्ने प्रयास गरेको बताउँदै आफू एमालेमा कुनै पद र अवसरको सौदाबाजीका लागि नआएको पनि स्पष्ट गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

  • तत्काललाई टर्‍यो पोखरा महानगरको लफडा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको कर्मचारी विवाद र नगर सभाको लफडा तत्कालका लागि टरेको छ । मेयर धनराज आचार्यसहितको उपस्थितिमा बसेको…
  • देशभरका कानून व्यवसायी पोखरामा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । नेपाल बार एसोसिएसनले न्यायपालिकामा पुनर्संरचनाको माग अघि सारेको छ । नेपाल बार एसोसिएसनको सोमबारदेखि सुरु हुने ५० औं…
  • प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरामा आयोजित १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । ५ दिनसम्म चलेको स्पोर्टस्…
  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…

hero news full width