पोविविको भवन गुरू योजना

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७८
pu

पोखरा । पोखरा विश्वविद्यालयले पोखरा ३०, गगनगौंडास्थित मुसेटुँडामा रहेको आवश्यक शैक्षिक एवं प्रशासनिक भवन र पूर्वाधार निर्माणका लागि गुरू योजना, डिजाइन र सुपरीवेक्षणका लागि सम्झौता गरेको छ ।
पोविविमा हालै आयोजित कार्यक्रममा पोविवि र परामर्शदाता पेस कन्सल्टेन्ट प्रालि काठमाडौंबीच सम्झौता भएको हो । सम्झौतामा पोखरा विश्वविद्यालयको तर्फबाट रजिस्ट्रार डा. दीपकबहादुर भण्डारी र पेस कन्सल्टेन्ट प्रालिका तर्फबाट सो संस्थाका प्रबन्ध निर्देशक विष्णुप्रसाद खनालले हस्ताक्षर गरेका थिए ।
सम्झौताबमोजिम परामर्शदाताले पोखरा–३०, गगनगौंडास्थित मुसेटुँडाको २ सय ४१ रोपनी जग्गाको संरक्षण, गुरूयोजना, भवन र पूर्वाधारको विस्तृत इन्जिनियरिङ र आर्किटेक्चरर डिजाइन, ड्रइङ, घोतघोते खोलाको उचित संरक्षण, बाइपास, टेन्डर डकुमेन्टको तयारी तथा भवनहरूको सुपरीवेक्षण कार्य गर्नेछ । परामर्शदाताले भवन र पूर्वाधारको डिजाइन ५ महिनाभित्र सकेर पेस गर्नुपर्नेछ ।
यसका अतिरिक्त विश्वविद्यालयले हालको मौजुदा दुईतले नयाँ केन्द्रीय प्रशासनिक भवनलाई सुधार गर्ने र त्यसमाथि दुईतला थप गरी चारतले बनाउने, प्रतीकात्मक आकर्षक डिजाइनको केन्द्रीय कार्यालयमा रजत प्रवेशद्वार निमाण गर्ने तथा आन्तरिक सडक, फुटपाथ, ड्रेनेज, बगैचा र पार्किङलगायत निर्माणको योजना अघि सारेको पोविविका सूचना अधिकृत लोकप्रसाद ढकालले बताए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width