प्राज्ञिक विद्यार्थी परिषद्को प्रशिक्षण

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७८
Narendra

पोखरा । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको पूर्णकालिक कार्यकर्ता प्रशिक्षण वर्ग पोखरामा भएको छ । पोखरा २० भलामस्थित हरिहर गुफा आश्रममा भएको प्रशिक्षणमा देशभरबाट विद्यार्थी परिषद्का ३२ जना पूर्णकालिक कार्यकर्ता सहभागी थिए ।
समापन कार्यक्रममा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचार प्रमुख डा. दीपककुमार अधिकारीले विद्यार्थी परिषद्को कार्य राष्ट्रिय कार्य भएकाले कार्यकर्ताहरुले राष्ट्रको सही जानकारी राख्नुपर्नेमा जोड दिए । समाज, देश, धर्मको सर्वांगीण विकास गर्नका लागि केही मानिसले लामो समय निस्वार्थ बुद्धिका साथ समाजमा काम गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्रमुख प्राडा रामजी गौतम, वर्तमान अध्यक्ष उपप्राध्यापक डा. गोपीनाथ कँडेल, राष्ट्रियसंगठन सचिव नारायणप्रसाद ढकाल, राष्ट्रिय संगठन सहसचिव रमेश कँडेल सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग