पोखरा । कास्की आदर्श समाज कतारको आयोजनामा कतारमा बधाई तथा शुभकामना एवं विविध सांस्कृतिक कार्यक्रम भएको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कास्की आदर्श समाजले प्रवासमा नेपालको कला र संस्कृतिको सरक्षण गर्न महत्वपूर्ण भुमिका खेलेको बताए । एनआरएनए कतारले पनि प्रवास रहेर श्रमिकमुखी कार्यक्रमसँगै नेपाली कला र संस्कृतिको संरक्षण गर्दै आएको बताए ।
कार्यक्रममा कास्की आदर्श समाज कतारका संरक्षक विमल सुवेदी, सल्लाहकार प्रकाश विश्वकर्मा, प्रवासी नेपाली मञ्च कतारका महासचिव प्रभात त्रिपाठी, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री केदार भुसाल, नेपाली जनप्रगतिशील मञ्च कतारका वरिष्ठ उपाध्यक्ष राजेन्द्र देवकोटा, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष रामहरि गैरे, नेपाली समाज कतारका उपाध्यक्ष प्रकाश आले मगरले शुभकामना राखेका थिए ।
साथै, पत्रकार महासंघ कतार अध्यक्ष करिमवक्स मियाँ, नेपाली महिला समाज कतारका वरिष्ठ उपाध्यक्ष माया केसी, दलित एकता संजाल कतारका अध्यक्ष किरण परियार, गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठ, लुम्बिनी प्रदेश समन्वय परिषद कतारका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार परियार, समाजसेवी क्रान्ति सिंह, पर्वत समाज कतारका अध्यक्ष श्याम न्यौपाने, गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्री, स्याङ्जा सहयोग समाजका प्रथम उपाध्यक्ष सूर्य अर्याल लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाको नयाँ आजीवन सदस्यता लिने कस्केलीहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । साथै भएको कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको तेस्रो महाधिवेशनबाट कतारदेखि निर्वाचित व्यक्ति लगायत संस्थामा आबद्ध भई कतारमा रहेका अन्य संघसस्था, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार, गण्डकी प्रदेश समन्वय परिषद कतार, तमु समाज कतार, तमु प्ये ल्हु संघ शाखा कतार लगायतका संघसंस्थामा विभिन्न पदमा निर्वाचित एवं मनोनीतलाई बधाईसहित सम्मान गरियो ।
कार्यक्रममा फेवा सांस्कृतिक परिवार कतारका संयोजक तथा उपाध्यक्ष प्रेमलाल अधिकारीको संयोजनमा फेवा सांस्कृतिक परिवार, तमु सांस्कृतिक परिवार, नेपाल मगर संघ शाखा कतारका सांस्कृतिक विभाग, हाम्रो सपना संगीतका कलाकारको प्रस्तुति रहेको थियो ।
कास्की आदर्श समाज कतारका अध्यक्ष बिक्की बिकको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अग्निधर देवकोटाले स्वागत र सचिव अमृत विश्वकर्मा र सहसचिव सन्तोष तिमिल्सिनाले संचालन गरेका थिए । ‘कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना’ मूल नाराका साथ सन् २००२ मा संस्था स्थापना भएको हो ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१