पोखरा । एनसेल आजियाटा लि. ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएका हुन् ।
सिंगापुरस्थित ‘एसियन मोबाइल न्युज’ ले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान गर्न सुरु गरेको थियो । यस अवार्ड कार्यक्रमले एसियाका अग्रणी दूरसञ्चार कम्पनीका उत्कृष्ट उपलब्धि र पहललाई मान्यता दिंदै पुरस्कृत गर्छ । यस अवार्डअन्तर्गत विभिन्न विधाका विजयी कम्पनीलाई भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको थियो ।
कोभिड–१९ महामारीले हरेक क्षेत्रलाई असर गरिरहँदा टेलिकम कम्पनीहरूले ग्राहकलाई सञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धामा रहिरहन विभिन्न सुविधा र योजना लागु गरे । बजारमा विभिन्न चुनौतीका बीच उत्कृष्ट प्रदर्शन गर्ने एसिया प्यासेफिक क्षेत्रका कम्पनीहरूलाई ‘एसियन टेलिकम अवार्ड २०२२’ले सम्मान गरिएको आयोजकले जनाएको छ । एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको छ । त्यस्तै, सरकारको डिजिटलाइजेसन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डेटा सेन्टर स्थापनाका लागि एनसेललाई ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ पुरस्कारबाट सम्मानित गरिएको हो ।
‘प्रतिष्ठित एसियन टेलिकम अवार्ड २०२२ का २ विधाबाट सम्मानित हुन पाएकोमा हामी अत्यन्तै हर्षित छौं । यो सम्मानले देश र जनताका लागि हामीले गरेका पहलकदमी र योगदानलाई प्रमाणीकरण गरेको छ । हामीले सन् २०२० देखि कोभिड–१९ महामारीविरुद्ध गरेका काम र डिजिटलाइजेसन यात्रामा हाम्रो निरन्तर योगदानको सम्मान पनि हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘राम्रा उपलब्धि हामीले स्थापित गरेका बलिया आधारका कारण सम्भव भएका हुन्् । म सम्पूर्ण कर्मचारीलाई समर्पण र उत्कृष्ट कामका लागि धन्यवाद दिन चाहन्छु ।’
एनसेललाई टेलिकम कम्पनी अफ द इयर र इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर अवार्ड दिइएको हो
सरकारलाई कोरोना भाइरस रोकथामका लागि ‘कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी क्षेत्रको कम्पनी हो । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर) अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोभिड–१९ महामारीको रोकथामको लागि जनसचेतना अभिवृद्घि गर्ने काम गरेको छ ।
पूर्वाधारको क्षेत्रमा एनसेलले भूकम्पीय जोखिमको दृष्टिकोणबाट अतिसंवेदनशील मानिने काठमाडौं उपत्यकामा विश्वस्तरीय ‘टियर थ्री’ मापदण्डको ‘इन्टिग्रेटेड डेटा सेन्टर’ स्थापना गरेको छ । यो पूर्वाधारले भूकम्पको विपद्का बेलामा पनि भरपर्दाे सेवा प्रवाहमा योगदान पु¥याउनेछ । यस किसिमको आधुनिक डेटा सेन्टर पूर्वाधार विकासका हिसाबले दक्षिण एसियाकै पहिलो हो । यो पूर्वाधार हालसम्म कम्पनीले ठूलो लगानी गरेका आयोजनामध्ये एक हो । यसले सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनमा सहयोग पु¥याउँदै डिजिटल भविष्य निर्माणमा महत्वपूर्ण योगदान गर्नेछ ।
२०७२ सालको महाभूकम्पले पारेको प्रभावलाई मध्यनजर गर्दै विपद्सँग थप व्यवस्थित तथा उचित प्रतिकार्य गर्न सकिने गरी एनसेलले यो डेटा सेन्टर स्थापना गरेको हो । यसले बैंक तथा वित्तीय संस्था, बिमालगायत विभिन्न कम्पनीलाई आफ्ना डेटामा आधारित व्यवसाय विस्तार गर्न र उनीहरूको आवश्यकताअनुसार भरपर्दो कनेक्टिभिटी प्रदान गर्न मद्दत गर्छ ।
गत वर्ष अर्थात् २०२१ मा पनि एनसेल ‘आजियाटा सिनियर लिडरसिप अवार्ड २०२१’ अन्तर्गत ‘मस्ट इम्प्याक्टफुल सस्टेनेबिलिटी इनिसिएटिभ’, ‘बेस्ट ओभरअल कोभिड–१९ रेस्पोन्स’, ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ मा ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’, ‘वल्र्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेस अलाएन्स (विट्सा) बाट ‘मेरिट विनर’का रूपमा ‘ई–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर÷एनजिओ)’, ‘ग्लोबल बिजनेस आउटलुक (जिबिओ) अवार्ड २०२१’ मा ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ र ‘टेलिकम सिइओ अफ दि इयर’ अवार्ड तथा ‘एचआर मिट २०२१’ मा ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ बाट सम्मानित भएको थियो । गत वर्ष नै एनसेलले ‘एसियाज बेस्ट इम्प्लोएर ब्रान्ड अवार्ड २०२१’, ‘एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) अवार्ड’को ‘हेल्थटेक अवार्ड २०२१’ र ‘सस्टेनेबिलिटी लिडरसिप’ का लागि एनसेल र डायलग आजियाटाले अन्य साझेदारका साथ ‘टिएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ प्राप्त गरेको थियो ।
Related News
सम्बन्धित समाचार
एनपिएलसँग एनसेलको प्रायोजन सम्झौता
पुरुषोत्तम क्यान अध्यक्ष
क्यान कास्की अध्यक्षमा पुरुषोत्तम कुँवर
इन्ड्राइभ योरपेस प्रशिक्षणका विजेतालाई इ–स्कुटर
एनसेलले दियो पलेशालाई १० लाख
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१