पोखरा । नेपाल माइक्रो फाइनान्स बैंकर्स एसोसिएसनको भेला पोखरामा भएको छ । देशभरका ४० भन्दा बढी माइक्रो फाइनान्सका प्रमुखको भेला भएका थिए ।
भेलाले माइक्रो फाइनान्स कम्पनीहरुको समस्या समाधानका विषयमा छलफल गरेको थियो । भेलाले ऋणीको ऋण उठाउँदा ऋणीहरुको आत्मसम्मान र मर्यादामा चोट नपु¥याउने निर्णय गरेको जनाइएको छ । माइक्रो फाइनान्सले नेपालभर ५६ लाख परिवारलाई ऋण दिइरहेको एसोसिएसन अध्यक्ष प्रकाशराज शर्माले बताए । पछिल्लो समय माइक्रो फाइनान्सले थोरै लगानी गर्न चाहने र महिलाका लागि काम गरिएको उनको भनाइ थियो ।
भेलाले मिडियाको उचित प्रयोग गर्दै माइक्रो फाइनान्सले गरेका सफलताका कथा बाहिर ल्याउने निर्णय पनि गरेको छ । केही मिडियाले २० प्रतिशतसम्म व्याजदर लिने गलत समाचार सम्प्रेषण गरेको प्रति आपत्ति जनाएको छ । ‘पछिल्ला समय केही मिडियाले धेरै ब्याजदर लिएको गलत समाचार दिइरहेका छन्,’ उनले भने, ‘यसरी गलत समाचार दिनु अघि एक पटक सोध्नुपर्ने थियो । माइक्रो फाइनान्सले १५ प्रतिशत भन्दा बढि ब्याज लिनै पाउँदैन ।
माइक्रो फाइनान्सहरुले एकल कर्जा सीमा नाघेरै कर्जा लगानी गर्ने पनि निर्णय छ । ऋणलाई सही सदुपयोग गर्न ऋणी जिम्मेवार बन्नुपर्नेमा एसोसिएसन उपाध्यक्ष वसन्त लम्सालले जोड दिए । सचिव रामबहादुर यादवले माइक्रो फाइनान्सहरु पनि कर्जा सूचना केन्द्रको प्रणालीमा गइसकेको हुँदा अब ऋण डुप्लिकेसन नहुने बताए ।
अध्यक्ष शर्माले माइक्रो फाइनान्सहरु आफैले निक्षेप संकलन गर्न नपाउने र बैंकको भर पर्नुपर्ने हुँदा आत्मनिर्भरताको बाटो खोजिनुपर्ने आवश्यकता औल्याए । उनले समकालीन मुद्दाका सन्दर्भमा राष्ट्र बैंकका गभर्नरलाई भेटेर ब्रिफिङ गर्ने सुनाए ।
Related News
सम्बन्धित समाचार
लक्ष्मी सनराइजको एक्स्टेन्सन शाखा
ग्रीन डेभलपमेण्ट बैंक र खेलकुञ्ज एरेनाबीच सम्झौता
ग्रीन डेभलपमेन्ट बैंक–ग्यालेक्सी हस्पिटल सम्झौता
ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान
ग्रीन बैंकको खुद नाफा ३ करोड ८६ लाख
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१