लेखनाथमा रोटरी डेन्टल सुरु

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
Rotary Dental

लेखनाथ । लेखनाथको तालचोकमा रोटरी कान्तिपुर डेन्टलले सेवा सुरु गरेको छ । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर रोटरी क्लब अफ काठमाडौं नर्थ र रोटरी क्लब अफ उकु जिङजङ ताईपेईले संयुक्त रुपमा डेन्टलको स्थापना गरेका हुन । डेन्टल सञ्चालनका लागि कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले आवश्यक जनशक्ति उपलब्ध गराउनेछ ।
डेन्टलको शुभारम्भ गर्दै पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको र त्यसैमाथि पनि मुख स्वास्थ्य अति नै संवेदनशील भएकाले सबैले मुखको सरसफाइमा ध्यान दिनुपर्ने बताएका थिए ।
रोटरी क्लब अफ लेखनाथका अध्यक्ष मीलन तिवारीले डेन्टलको व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दै सुलभ एवं गुणस्तरीय सेवा दिनको लागी आग्रहसमेत गरेका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष प्रेम शर्मा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव यदुनाथ बञ्जारालगायतले बोलेका थिए ।
रोटरी क्लब अफ काठमाडौं नर्थका पूर्वअध्यक्ष एवं कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरका डा. बुद्धिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेसकी लक्ष्मी अर्यालले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजीका संयोजक निश्चल छिमालले गरेका थिए ।
डेन्टलले आफ्नो सेवा शुभारम्भको अवसरमा चैत ६ गतेदेखि वैशाख ६ गतेसम्म निशुल्क दन्त परीक्षण एवं परामर्श र उपचारमा १० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width