सिर्जना कपमा उपाधिका लागि मेश्रम र लक्ष्मीसँग शान्ता भिड्ने

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७८
Srijana Cup PIC

पोखरा । पोखरामा जारी सिर्जना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ शान्ता मावि र मेश्रम वराह भिड्ने भएका छन् । त्यस्तै छात्रातर्फ शान्ता मावि र लक्ष्मी माविबीच भिडन्त हुने भएको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आइतबार भएको सेमीफाइनल खेलमा छात्रतर्फ मेश्रम वराह माविले कालिका माविलाई र शान्ता माविले इन्द्रराज्य लक्ष्मी माविलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
छात्रातर्फ लक्ष्मी माविले भद्रकाली माविलाई र शान्ता माविले विन्ध्यवासिनी माविलाई पराजित गर्दै उपाधि भिडन्तका लागि भेट पक्का गरेका हुन् । प्रतियोगिताको फाइनल खेल सोमबार दिउँसो हुने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत आइतबार बिहान तेस्रो स्थानका लागि छात्रतर्फ कालिका मावि र इन्द्रराज्य मावि तथा छात्रातर्फ भद्रकाली मावि र विन्ध्यवासिनी मावि आमनेसामने हुनेछन् ।
आइतबार भएको छात्रतर्फ सेमिफाइनल खेलमा मेश्रम वराह माविले कालिका माविलाई २३–२५, २५–२१, १५–२५, २५–१५ र ११–१५ को सेटमा पराजित गर्‍यो । अर्को खेलमा शान्ता माविले इन्द्रराज्यलक्ष्मी माविलाई २५–२१, २५–२० र २५–१७ को सोझो सेटमा पराजित गर्‍यो ।
छात्रातर्फको सेमिफाइनल खेलमा लक्ष्मी माविले भद्रकाली माविलाई २५–१८, २५–२० र २५–१७ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो । अर्को खेलमा शान्ता माविले विन्ध्यवासिनी माविलाई २५–१८, १३–२५, २५–१८ र २५–१६ को सेटमा पराजित गर्दै फाइनलमा पुग्यो ।
प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुका कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमहरुको सहभागिता छ ।
प्रतियोगितामा उपाधि बिजेता छात्र/छात्रा दुवै तर्फकालाई एक÷एक लाख, उपबिजेतालाई ५०/५० हजार र तृतीय हुने विद्यालयलाई ३०/३० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५/५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १/१ थान भलिबल प्रदान गरिने सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा पोखरामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । मंसिर…
  • २५ औं आदर्श कप

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    लेखनाथ । पोखरा २९, भण्डारढिकस्थित प्रस्तावित लेखनाथ रंगशालामा २५ औं संस्करणको आदर्श कप तयारी अन्तिम चरणमा पुगेको छ । यही…

hero news full width