आयोजकलाई नै माछापुच्छ्रेकप उपाधि

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
machhapuchre cups

हेमजा । लाहाचोकमा भएको माछापुच्छ्रे कपको उपाधि आयोजक माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले हात पारेको छ । आइतबार आयोजक र एलजी एसोसियसनबीच उपाधिका लागि भएको फाइनल खेलमा आयोजकका सन्त गुरुङले गरेको १ गोल नै उपाधिका लागि निर्णायक हुन पुग्यो । उक्त खेलमा गोलकर्ता गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
विजयी भएसँगै आयोजक समूहले नगद २ लाख २ हजार २० पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एलजीले १ लाख २२ हजार २ सय २२ प्राप्त गर्‍यो ।
प्रतियोगितामा आयोजकका मनीष थापा सर्वाधिक गोलकर्ता (४), आयोजककै विवेक सन्तोषी उत्कृष्ट खेलाडी, एलजीका दनु थापा उत्कृष्ट मिडफिल्डर, आयोजकका दीपेन्द्र नेपाली उत्कृष्ट डिफेन्स्, आयोजककै प्रभु भण्डारी उत्कृष्ट गोलकिप्पर तथा सहारा क्लब अनुशासित टिम हुन सफल भए ।
समापन कार्यक्रममा नेपाली कांग्रेस लाहाचोक सभापति रामचन्द्र अधिकारी, कांग्रेस माछापुच्छ्रे गाउँपालिका पूर्व संयोजक मधुसुदन अधिकारी तथा जिल्ला समन्वय समिति कास्की सदस्य विष्णुप्रसाद पौडेल, क्लबका सल्लाहकार पानबहादुर जिसीलगायतले प्रतियोगिताको महत्वमाथि चर्चा गर्दै आयोजकप्रति धन्यवाद प्रकट गरे ।
त्यस अवसरमा कास्की आदर्श समाज साउदी अरेबियाबाट लबी क्षत्रीको विशेष पहलमा माछापुच्छ्रे निवासी अग्नि पीडित बाबुराम परिवारको उपचारका लागि ३५ हजार हस्तान्तरण पनि गरियो । त्यस्तै सर्वाधिक गोलकर्ता मनीष थापालाई सम्मानस्वरुप ७ हजार पनि प्रदान गरिएको छ । कार्यक्रममा भूपू सैनिक तथा कास्की आदर्श समाज साउदी अरेबियाका सदस्य भुपेन्द्र सुनारले सहजीकरण गरे ।
क्लब अध्यक्ष वासुदेव ढकालको अध्यक्षतामा भएको समापन कार्यक्रम पूर्व खेल संयोजक तथा सल्लाहकार राजेन्द्र गौतमले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा पोखरामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । मंसिर…
  • २५ औं आदर्श कप

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    लेखनाथ । पोखरा २९, भण्डारढिकस्थित प्रस्तावित लेखनाथ रंगशालामा २५ औं संस्करणको आदर्श कप तयारी अन्तिम चरणमा पुगेको छ । यही…

hero news full width

trending post

ट्रेन्डिङ्ग